०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

मङ्सिर ४ निर्वाचनको सुरक्षामा ३४ हजार सशस्त्र प्रहरी तैनाथ

Logo
प्रकाशित शुक्रबार, मंसिर ०२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । निर्वाचनमा ३४ हजार ८ सय ३८ सशस्त्र प्रहरी खएिका छन् । निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा बिशेष जिम्मेवारी छ ।


यसबाहेक सीमा सुरक्षा पनि सशस्त्रकै जिम्मेवारीमा छ । बिहीबार रातिदेखि भारतसँगका सबै नाका बन्द भएकाले नाकामा निगरानीको जिम्मेवारी सशस्त्र प्रहरीको काँधमा छ । यो जिम्मेवारीका लागि सबै नाकामा सशस्त्र प्रहरी बोर्डर आउटर पोष्टबाट परिचालन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए ।

निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले रिजर्भ फोर्स र क्यूआरटी पनि खटाएको योजना बनाएको छ । ‘निर्वाचनलाई शान्तिपूवर्क सम्पन्न गराउन सशस्त्र प्रहरी योजनाबद्ध रुपमा परिचालित छ,’ प्रवक्ता थापा भन्छन्,‘सीमा सुरक्षादेखि मतपेटिकाको सुरक्षासम्मको जिम्मेवारीमा हामी खटिएका छौं ।’

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जनताले ढुक्क भएर मत हाल्ने वातावरण बनाइएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसवीचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो। अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध शुरू भई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल जस्ता मुलुकहरु […]

error: Content is protected !!