०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

सशस्त्र आईजिपी अर्यालद्वारा एपीएफको मासिक पत्रिकाको बिमोचन

Logo
प्रकाशित शुक्रबार, मंसिर ०२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हल्चोक, स्वयम्भुमा बिहिबार एक कार्यक्रमकाबीच “समर्पण एपीएफ मासिक” पत्रिकाको बिमोचन गरेका छन् ।

उनले संगठनमा भएका गतिविधिहरुका बारेमा सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु जानकार हुन् भन्ने हेतुले प्रकाशन गरिएको उक्त मासिक पत्रिका संगठनको एक ऐतिहासिक क्षण समेत हुने विश्वास व्यक्त गरे ।

महानिरीक्षक अर्यालले प्रधान कार्यालयदेखि फिल्ड लेवलमा भएका कामकारवाहीहरु समावेश गरी मासिक पत्रिका प्रकाशन गरिने भएको हुँदा सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण कर्मचारीहरु यसबाट संगठनका क्रियाकलापका बारे समयमै जानकार हुने विश्वास समेत व्यक्त गरे । उनले संगठनको यस उपलब्धी र प्रयासलाई भविष्यमा अझै बढी स्तरीय बनाउँदै लगिने बताए ।

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बल, नेपालको भूमिका उल्लेखनीय रहने बताउदै निर्वाचन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी कर्मचारीहरु जुन ठाउँमा परिचालित भएतापनि आ-आफ्नो ठाउँबाट उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्न समेत उनले निर्देशन दिए । यसअघि सशस्त्र प्रहरी बल, नेपालको पाक्षिक रुपमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट “समर्पण राष्ट्रका लागि” नामक कार्यक्रम सञ्चालनमा छ ।

उक्त बिमोचन कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्र प्रकाश गौतम र बंशी राज दाहाल लगायत सशस्त्र प्रहरी बल, नेपाल बरिष्ठ अधिकृत, अधिकृत तथा बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

error: Content is protected !!