२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

यी हुन् नेपालका ७० देखि ८५ कटेका उम्मेदवारहरु

Logo
प्रकाशित आइतबार, मंसिर ०४, २०७९

 

(ABC-Sanchar)

काठमाडौँ । आज भइरहेको चुनावमा प्रतिनिधिसभातर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

चुनावी प्रतिस्पर्धामा उत्रनेमा अधिकांश ४० देखि ६० वर्ष उमेर समूहका नेता छन् । साना र स्वतन्त्र उम्मेदवारी दिनेहरू धेरै युवा छन् । तर पुराना र प्रमुख दलबाट भने ४० वर्ष कटेका उम्मेदवारको संख्या ठुलो छ । त्यसमध्ये पार्टी प्रमुख र शीर्ष नेताहरू भने ७० वर्ष कटेर पनि चुनावी मैदानमा छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ७० वर्ष कटेका उम्मेदवारमा पर्छन् ।

मुख्य दलमा ७० वर्ष कटेको धेरै उम्मेदवार काँग्रेसका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा। शेखर कोइराला, डा। नारायण खड्का, अर्जुननरसिंह केसी लगायत सात जना उम्मेदवार ७० वर्ष कटेका छन् ।

एमालेमा ओलीसहित तीन जना उम्मेदवार ७० वर्ष कटेका छन् । पार्टी प्रवेश गराएर उम्मेदवार बनाइएका जालिम मिया र मङ्गलप्रसाद गुप्ता ७० भन्दा माथिका नेता हुन् । अरू एमाले उम्मेदवार ७० वर्ष मुनिका छन् ।

माओवादी केन्द्रबाट भने कोही पनि उम्मेदवार ७० वर्ष कटेका छैनन् । तर माओवादी केन्द्रको चुनाव चिन्हबाट भाग लिएका महिन्द्रराय यादव ८५ वर्ष पुगेका छन् । जसपाका तीन र लोसपाका चार उम्मेदवार ७० वर्ष माथिका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८० वर्ष पुगेका छन् । यो चुनावमा सबैभन्दा जेष्ठ उम्मेदवार भने नेपाली काँग्रेस (वीपी) ले उठाएको छ । गोरखा–२ बाट उम्मेदवार बनेका टीकादत्त पोखरेल ९९ वर्ष कटेका छन् ।
यी हुन् ७० काटिसकेका नेताहरू

नेपाली काँग्रेस
कृष्णप्रसाद सिटौला (७२) झापा–३
डा. शेखर कोइराला (७२) मोरङ–६
डा. नारायण खड्का (७३) उदयपुर–१
पद्यनारायण चौधरी (७४) सिरहा–१
अर्जुननरसिंह केसी (७५) नुवाकोट–२
रामचन्द्र पौडेल (७८) तनहुँ–१
शेरबहादुर देउवा (७८) डडेलधुरा

नेकपा एमाले
केपी शर्मा ओली (७०) झापा–५
जालिम मिया (७५) पर्सा–४
मङ्गलप्रसाद गुप्ता (७७) कपिलवस्तु–३

नेकपा माओवादी केन्द्र
महिन्द्रराय यादव (८५) सर्लाही–२

नेकपा एकीकृत समाजवादी
झलनाथ खनाल (७२) इलाम–१

जसपा
राधा थापा (७०) झापा–१
वीर बहादुर राई (७०) झापा–३
नबलकिशोर साह (७३) सप्तरी–१
आनन्द यादव (७३) धनुषा–२

लोसपा
महन्थ ठाकुर (८०) महोत्तरी–३
लक्ष्मणलाल कर्ण (७५ पर्सा–१
सर्वेन्द्रनाथ शुक्ल (७२) रुपन्देही–४

जनमोर्चा
चित्रबहादुर केसी (८०) बाग्लुङ–१

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!