०२ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

यी हुन् नेपालका ७० देखि ८५ कटेका उम्मेदवारहरु

Logo
प्रकाशित आइतबार, मंसिर ०४, २०७९

 

(ABC-Sanchar)

काठमाडौँ । आज भइरहेको चुनावमा प्रतिनिधिसभातर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

चुनावी प्रतिस्पर्धामा उत्रनेमा अधिकांश ४० देखि ६० वर्ष उमेर समूहका नेता छन् । साना र स्वतन्त्र उम्मेदवारी दिनेहरू धेरै युवा छन् । तर पुराना र प्रमुख दलबाट भने ४० वर्ष कटेका उम्मेदवारको संख्या ठुलो छ । त्यसमध्ये पार्टी प्रमुख र शीर्ष नेताहरू भने ७० वर्ष कटेर पनि चुनावी मैदानमा छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ७० वर्ष कटेका उम्मेदवारमा पर्छन् ।

मुख्य दलमा ७० वर्ष कटेको धेरै उम्मेदवार काँग्रेसका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा। शेखर कोइराला, डा। नारायण खड्का, अर्जुननरसिंह केसी लगायत सात जना उम्मेदवार ७० वर्ष कटेका छन् ।

एमालेमा ओलीसहित तीन जना उम्मेदवार ७० वर्ष कटेका छन् । पार्टी प्रवेश गराएर उम्मेदवार बनाइएका जालिम मिया र मङ्गलप्रसाद गुप्ता ७० भन्दा माथिका नेता हुन् । अरू एमाले उम्मेदवार ७० वर्ष मुनिका छन् ।

माओवादी केन्द्रबाट भने कोही पनि उम्मेदवार ७० वर्ष कटेका छैनन् । तर माओवादी केन्द्रको चुनाव चिन्हबाट भाग लिएका महिन्द्रराय यादव ८५ वर्ष पुगेका छन् । जसपाका तीन र लोसपाका चार उम्मेदवार ७० वर्ष माथिका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८० वर्ष पुगेका छन् । यो चुनावमा सबैभन्दा जेष्ठ उम्मेदवार भने नेपाली काँग्रेस (वीपी) ले उठाएको छ । गोरखा–२ बाट उम्मेदवार बनेका टीकादत्त पोखरेल ९९ वर्ष कटेका छन् ।
यी हुन् ७० काटिसकेका नेताहरू

नेपाली काँग्रेस
कृष्णप्रसाद सिटौला (७२) झापा–३
डा. शेखर कोइराला (७२) मोरङ–६
डा. नारायण खड्का (७३) उदयपुर–१
पद्यनारायण चौधरी (७४) सिरहा–१
अर्जुननरसिंह केसी (७५) नुवाकोट–२
रामचन्द्र पौडेल (७८) तनहुँ–१
शेरबहादुर देउवा (७८) डडेलधुरा

नेकपा एमाले
केपी शर्मा ओली (७०) झापा–५
जालिम मिया (७५) पर्सा–४
मङ्गलप्रसाद गुप्ता (७७) कपिलवस्तु–३

नेकपा माओवादी केन्द्र
महिन्द्रराय यादव (८५) सर्लाही–२

नेकपा एकीकृत समाजवादी
झलनाथ खनाल (७२) इलाम–१

जसपा
राधा थापा (७०) झापा–१
वीर बहादुर राई (७०) झापा–३
नबलकिशोर साह (७३) सप्तरी–१
आनन्द यादव (७३) धनुषा–२

लोसपा
महन्थ ठाकुर (८०) महोत्तरी–३
लक्ष्मणलाल कर्ण (७५ पर्सा–१
सर्वेन्द्रनाथ शुक्ल (७२) रुपन्देही–४

जनमोर्चा
चित्रबहादुर केसी (८०) बाग्लुङ–१

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

error: Content is protected !!