ABC (क्राईमबिट)
काठमाडौं । उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले सवारीसाधन चेक गर्दै पास विनाका सवारीलाई दिनभर होल्ड गरिएका हुन्।
मतदानको दिनआज काठमाडौंका सडक सुनसान देखिएका छन्। कहि कतकतै भने चलिरहेका छन्। ट्राफिक प्रहरीले चेक गर्दै पास नभएका सवारीसाधनलाई होल्ड गरेर राख्दै आएको छ।
यसरी होल्ड गरिएका सवारीसाधन बेलुका सात बजेपछिमात्रै छाडिने ट्राफिक प्रहरीले जनाएको छ। सवारीसाधन सञ्चालनमा रोक लगाएपछि आज काठमाडौंका सडक सुनसान देखिएका छन्।