
(ABC-Sanchar)
काठमाडौं । निर्वाचनको बिरोध गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

देशभर मतदान भइरहेका बेला निर्वाचनको विरोधमा प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नाराबाजीसहित प्रदर्शनमा उत्रनेबितिकै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।