०२ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

स्वतन्त्रले देश चल्दैन नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डको दाबी

Logo
प्रकाशित आइतबार, मंसिर ०४, २०७९


(ABC-Sanchar)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही ठाउँमा स्वतन्त्र उम्मेदवारको पक्षमा वातावरण देखिए पनि उनीहरूले देश चलाउन नसक्ने दाबी गरेका छन् ।

गोरखा क्षेत्र नम्बर-२ मा गठबन्धनका उम्मेदवार रहेका उनले आज आइतबार ठाटीपोखरीमा पत्रकारसँग कुरा गर्दै स्वतन्त्र उम्मेदवारले चुनावी अङ्क गणितमा पनि खासै फरक नपार्ने बताएका छन् । तर स्वतन्त्र उम्मेदवारप्रति देखिएको लहरले पुराना दललाई सचेत भने गराएको उनको भनाइ छ ।

चुनावमा सत्ता गठबन्धनको बहुमत आउने दाबी गर्दै प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका पदको भागबन्डामा गठबन्धनभित्र समस्या नरहेको पनि बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

error: Content is protected !!