०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

प्रधानमन्त्री देउवा चुनावमा व्यस्त पिए जनक भट्टको कार्यालयमा हालीमुहाली

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

(ABC-Sanchar)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी चटारो छ । उमेरजन्य हिसाबले पनि उनी चुनावमा बढी केन्द्रित हुँदा यता प्रधानमन्त्री कार्यालयमा भने निजी सचिव जनक भट्टको हालीमुहाली भएको स्रोतले बताएको छ ।

समाचार स्रोतका अनुसार, प्रधानमन्त्रीको पीए हुँदा भट्टले विगतमा जुन पार्टीको प्रधानमन्त्री भयो, त्यो पार्टी निकटका प्रशासकहरुलाई संरक्षण गर्ने गरेका थिए । तर भट्टका हकमा भने यो नीति लागू हुन सकेन । सत्ता गठबन्धनलाई असहयोग गर्ने भनेर चिनिएकै कर्मचारीहरुलाई संरक्षण गर्ने गरेका भट्टले प्रधानमन्त्री देउवालाई गलत सल्लाह दिने गरेको समाचार स्रोतले बताएको छ । समाचार स्रोतका अनुसार, उनलाई प्रधानमन्त्री देउवाका प्रशासनिक सल्लाहकार जनार्दन नेपालले समेत साथ दिंदैआएका छन् । भट्ट–नेपालले प्रशासनिक सल्लाह उनीहरुको अनुकूल दिंदैआएको आरोप छ । यतिसम्म कि भट्ट शक्तिको दुरुपयोग गरी ३ महिनाअघि भारतका लागि उपमहाबाणिज्यदूत नियुक्त भए । यो नियुक्ति पाउँदा समेत प्रधानमन्त्री देउवाले सुईको समेत पाएनन् ।

प्रधानमन्त्रीको पीएको पदको दुरुपयोग गरी सोझा उद्योग मन्त्री दिलेन्द्र बडुमार्फत् कलकत्ताको उपमहाबाणिज्यदूत हुन सफल भएको स्रोतले बताएको छ । मन्त्री बडुलाई प्रधानमन्त्रीको हवाला दिएर आफ्नो काम फत्ते गराएका भट्टले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई समेत गुमराहमा राखेका छन् । उपमहाबाणिज्यदूत नियुक्तिको मापदण्ड समेत प्रधानमन्त्री कार्यालयबाटै खारेज गरिएको चर्चा हुन थालेको छ ।

समाचार स्रोतका अनुसार, भट्टको
सक्रियतामा बडुको संलग्नता बेगर नै प्रधानमन्त्री कार्यालयबाटै नियुक्ति अगाडि मापदण्ड खारेज गरेको बताइए पनि त्यसका बारेमा हालसम्म गुपचुप राखिएको छ । परराष्ट्र मन्त्रालयमा हाजिर गरिरहेका भट्ट निर्वाचनको परिणामपछि कलकत्ता जाने योजनामा छन् ।

निर्वाचनको परिणामपछि पुनः प्रधानमन्त्रीमा देउवा नै दोहोरिने अवस्था आयो भने पीएको रुपमा केही समय कार्यरत रहने उनको दाउ छ । यदि, देउवा दोहोरिने अवस्था नआए उनी कलकत्ता लुसुक्क जाने सुरमा छन् ।

केही समयअघि परराष्ट्र सचिव भरत पौडेलले भट्टलाई कलकत्ता हाजिर हुन जान अनुरोध गरेका थिए । निर्वाचन अघि नै हाजिर हुन जान सुझाएका उनले अहिले कार्यरत उपमहाबाणिज्यदूत तर्कराज भट्टलाई समयअघि नै फर्काइदिने प्रतिबद्धता समेत प्रकट गरेका थिए । तर, जनक भट्टले चुनावी परिणाम हेरेर मात्रै निर्णय लिने भन्दै उनको प्रस्ताव अस्वीकार गरेका थिए ।

तर्कराज तत्कालीन उद्योग मन्त्री लेखराज भट्टका पालामा कलकत्तामा गएका हुन् । उनको कार्यकाल यही मंसिर १९ मा सकिंदैछ । परराष्ट्रमा हाजिर गरे पनि जनक भट्ट प्रधानमन्त्रीको निजी सचिवको रुपमा कार्यरत रही हालीमुहाली गरिरहेका छन् । उनको नियुक्ति विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पनि आयुक्त जयबहादुर चन्दको कृपाका कारण कारबाही अगाडि बढ्न नसकेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!