०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

काठमाडौंको विभिन्न ठाँउबाट डेढ करोड चोरी गर्ने १० जना गिरोहहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । साउको गोदामबाट कर्मचारीकै मिलेमतोमा काठमाडौंको डिल्लीबजारस्थित एक गोदामबाट डेढ करोड रुपैयाँ बराबरको कपडा चोरी भएको छ । चोरीको सामान बरामद गरी यसमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नागरिकले सञ्चालन गरेको गोपाल इन्टरप्राइजेजको गोदामबाट २ मंसिरमा पर्दा तथा सोफा बनाउन प्रयोग महंगा कपडा चोरी भएको थियो । प्रहरी वृत्त मालीगाउँले चोरीको कपडा समेत बरामद गरी यसमा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेमा सो कम्पनीका कर्मचारी दोलखाका दिलिप कार्कीसहित, रामचन्द्र खड्का, प्रदिप केसी, प्रकाश कोइराला, पवन बस्नेत, लोक बहादुर तामाङ, प्रदिप कार्की,छत्र बहादुर भट्टराई, लाल बहादुर राम र लोक बहादुर नेपाली छन् । चोरीमा प्रयोग भएका गाडी पनि प्रहरीले बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसवीचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो। अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध शुरू भई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल जस्ता मुलुकहरु […]

error: Content is protected !!