०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा विद्यार्थीहरु आन्दोलनमा उत्रिए

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९


(ABC-Sanchar)
काठमाडौं । आन्दोलन थालेपछि डीनको कार्यालयले शुल्क नबढाएको प्रष्ट पारेको छ । कात्तिक ३० गते डीनको अध्यक्षतामा बसेको सम्बन्धन प्राप्त कलेजहरूका प्रतिनिधिसँगको बैठकले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा फारम शुल्क २ हजार ५०० नै यथावत राख्ने निर्णय गरेको थियो ।

त्यस्तै विद्यार्थीहरूको पुनः परीक्षा शुल्क सम्बन्धमा डीनको कार्यालयको २० माघ २०७८ मा गरेको निर्णयलाई कलेज तथा डीन कार्यालयले कार्यान्वयन गर्ने र कलेजहरूले परीक्षा शुल्क काटेको रकमबाट सम्पूर्ण खर्च कलेजले नै ब्यहोरेर सञ्चालन गर्ने निर्णय गरेको थियो । आगामी दिनमा डीन कार्यालय र कलेजहरूले वैज्ञानिक रूपमा परीक्षा शुल्क अध्ययन गरी सो बढाउन÷घटाउनुपर्ने भएमा छलफल गरी आगामी बैठकमा निर्णय गर्ने निर्णय गरेको थियो ।
डीनको कार्यालयले जारी गरेको उक्त सूचनाले स्पष्ट जानकारी प्रदान नगरी विद्यार्थीको आवाजलाई मत्थर पार्ने काम भएको विद्यार्थीहरूको आरोप छ ।

आफूहरूको माग सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाई छ । त्रिभुवन विश्वविद्यालय मात्र नभइ अन्य विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरूले समेत मनोमानी शुल्क लिइरहेको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!