०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

डोल्पामा फर्किने साधन नहुँदा निर्वाचनमा खटिएका कर्मचारीहरुको उद्धार गर्न आग्रह

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

(ABC-Sanchar)
डोल्पा । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी फर्कने साधन नहुँदा रोकिएका छन् । उनीहरूको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धका २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था रहेकाले डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर ४ गतेको निर्वाचनका लागि उनीहरुलाई हेलिकप्टरमै ती मतदान केन्द्रमा पुर्याइएको थियो ।

गएको आइतबार सम्पन्न निर्वाचनका लागि डोल्पामा पाँच सय ११ कर्मचारी खटिएका थिए,” उनले भने– “२२ केन्द्रमा खटिएकामध्ये तल्लो क्षेत्रका केही कर्मचारी फर्किए पनि १२ मतदान केन्द्रमा खटिएका एक सय ३५ कर्मचारी थुनिएका छन् ।” आज बिहान हेलिकप्टरले तीन मतदान केन्द्रको मतपेटिकासहित १० कर्मचारीको उद्धार गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।

उक्त क्षेत्रमा हिउँ परेकोले चिसो पनि बढ्दै जाँदा केही कर्मचारी बिरामी भएको खबर आएकोले उनीहरूको छिटो उद्धार गर्नुपर्ने उनको भनाइ छ । कर्मचारीको जीवन सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै उनले प्रमुख निर्वाचन आयुक्तलाई जतिसक्दो चाँडो उद्धार गर्न आग्रह गरेको बताए ।

उनका अनुसार माथिल्लो डोल्पाबाट कर्मचारी आउन नसके मतगणनामा समेत जनशक्तिको अभाव हुनेछ । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका– १ कोवासस्थित शहीद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहोराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको जानकारी दिए ।

कर्मचारीलाई चिसोका साथै खान र बस्न पनि समस्याका भएको छ,” उनले भने, “समयमै सदरमुकाम दुनै नझारिए धेरै कर्मचारी बिरामी हुने खतरा बढेको छ ।” उनीहरूलाई टाउको दुख्ने, वाक्वाकी लाग्ने र सास फेर्न गाह्रो भएको बोहोराले जनाए ।

उनका अनुसार चुनावका लागि खटिएका दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मङ्सिर १ गतेदेखि चिसोका कारण रोकिएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले आज बिहान डोल्पाका बाँकी मतपेटिका र १० जना कर्मचारीलाई हेलिकप्टरबाट ल्याइएपछि बाँकी कर्मचारी ल्याउने तयारी भएका तर, हुम्ला प्रदेश सभा २ मा एक सय ३६ मतपेटिका ढुवानीका लागि गएकोले अलपत्र कर्मचारीको उद्धार हुन नसकेको बताए । त्यसको लागि पहल भइरहेको पनि उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!