०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

प्रहरीको बर्दी लगाएर १० तोला सुन लुटपाट पेस्तोल सहित ४ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाट भएको छ । लुटमा संलग्न आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अघि न्युरोडमा रहेको सुन बनाउने कारखाना पुलिसको युनिफर्म लगाएर पेस्तोल भिरेर गएका लुटेराहरूले १० तोला सुन लुटेर भागेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले त्यसबारे जानकारी गराउन बिहिबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । प्रहरीले लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!