०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल १८ सिट जित्दै

Logo
प्रकाशित आइतबार, मंसिर ११, २०७९

(ABC-Sanchar)
बुटवल ।लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । ५२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै १८ सिट जितेर पहिलो दल बनेको हो । यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ ।

एमालेबाट लिला गिरी–रुपन्देही २(१),भोजप्रसाद श्रेष्ठ–रुपन्देही २(२), तुल्सीप्रसाद चौधरी–रुपन्देही–३(२), भुमिश्वर ढकाल–रुपन्देही ५(१),चिन्तामणि पाण्डे–गुल्मी १(१),डिल्लिराज भुसाल–गुल्मी २(१) दिनेश पन्थी–गुल्मी २(२),।राजुप्रसाद श्रेष्ठ–पाल्पा १(१) र खेमबहादुर सारु –पाल्पा १(२) बाट निर्वाचित भएका छन् ।

यस्तै चेतनारायण आचार्य–अर्घाखांची १(२),राजजीप्रसाद घिमिरे–अर्घाखांची १(२),विष्णु पन्थी–कपिलवस्तु १(१),मधुशरणप्रसाद चौधरी–कपिलवस्तु १(२),नवराज लामिछाने–कपिलवस्तु २(१), अर्जुनकुमार केसी–कपिलवस्तु ३(१), तुल्सीराम शर्मा–प्युठान १(१), दुर्गाप्रसाद चौधरी–बांके १(२) र रत्नबहादुर खत्री–बाँके ३(१) बाट निर्वाचित भएका छन् ।

त्यस्तै ०७४ मा ७ सिट मात्रै जितेको नेपाली कांग्रेस पाँच दलको बलमा १७ सिट जित्दै दोस्रो दल बनेको छ । कांग्रेसबाट अब्दुल रज्जाक गद्दी–रुपन्देही १(२), वसिउद्दिन खां–रुपन्देही ४(२), विश्वप्रेम पाठक–नवलपरासी १(१), देवकरणप्रसाद कलवार– नवलपरासी १(२), सुधाकर पाण्डे –कपिलवस्तु २(२), सरोज थापा (रोज राणा)–प्युठान १(२), अनुराग खड्का–दाङ १(२), राजु खनाल–दाङ २(१), प्रचण्डविक्रम न्यौपाने –दाङ २(२), डिल्लीबहादुर चौधरी–दाङ ३(१) बाट निर्वाचित भएका छन् ।

यस्तै बादशाह कुर्मी–बांके ३(२), धनबहादुर केसी–रुकुमपुर्व १(२), भुवनेश्वर चौधरी–बर्दिया १(१), जन्मजय तिमिल्सेना–बर्दिया २(१), बीरबहादुर राना–पाल्पा २(१), धनेन्द्र कार्की–गुल्मी १(२) र बैजनाथ कलवार जैसवाल–नवलपरासी २(२) बाट निर्वाचित भएका छन् ।

त्यस्तै ०७४ मा एमालेसँग तालमेल गरेर १४
सिट जितेको नेकपा माओवादी केन्द्रले यसपटक ५ सिट जितेर तेस्रो दल बनेको छ । माओवादी केन्द्रबाट जोखबहादुर महरा–रोल्पा १(१), इन्द्रजित थारु –दाङ १(१), कृष्णा केसी–बांके १(१), तुलाराम घर्ती–पाल्पा २(२) र धनबहादुर मास्की–दाङ ३(२) बाट निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट जितेका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीले एक सिटमा जित निकालेको छ । यस प्रदेशमा माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीन स्वतन्त्र उम्मेदवारले पनि जित निकालेका छन् ।

यस्तै जनता समाजवादी पार्टीबाट भण्डारीलाल यादव–बांके २(१) र आदेशकुमार अग्रवाल–बांके २(२) बाट निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे–रुपन्देही ३(१) र कन्हैया बनिया–रुपन्देही ४(१) बाट निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आशिषकुमार चौधरी–रुपन्देही १(१) र जानकीप्रसाद यादव–कपिलवस्तु ३(२) बाट निर्वाचित भएका छन् । नयां दलको रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी–बर्दिया १(२) र धर्मबहादुर चौधरी–बर्दिया २(२) बाट निर्वाचित भएका छन् ।

नयाँ दलकै रुपमा प्रदेश सभामा प्रवेश गरेको जनमत पार्टीबाट चन्द्रकेश गुप्ता–रुपन्देही ५(२) बाट निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुन–रोल्पा १(२), सरुल पुन–रुकुमपूर्व १(१) र खड्ग बस्नेत–नवलपरासी २(२) बाट निर्वाचित भएका छन् ।

अघिल्लो प्रदेशसभामा ५ दलको सहभागिता रहेकामा यसपटक कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । समानुपातिकमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत मत कटाए भने १० दलको प्रतिनिधित्व हुने छ । यसपटक लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!