०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

दाङमा फाेरलेन सडक बनाउन निर्वाचित सांसदहरुले थाले पहल सुरु

Logo
प्रकाशित आइतबार, मंसिर ११, २०७९

(ABC-Sanchar)
दाङ । नव निर्वाचित सांसदहरुले अलपत्र अबस्थामा रहेकाे घाेराही- तुलसीपुरकाे फाेरलेन सडक बनाउन पहल थालेका छन् ।नवनिर्वाचित सांसदहरुले आज घाेराहीमा प्रमाणपत्र बुझ्दै अलपत्र सडक बनाउन चासाे देखाएका हुन ।

मुख्य निर्वाचित अधिकृत कृपासुर कार्कीले प्रमाणपत्र हस्तान्तरण गरे लगत्तै आयाेजित सर्वपक्षीय बैठक बसेकाे थियोे । जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायका प्रमुख, सडक डिभिजन कार्यालय र ठेकदारकाे बैठक संयुक्त रुपमा बसेकाे थियो ।

बैठकमा बाेल्दै नवनिर्वाचित सांसद रेखा शर्माले घाेराही तुलसीपुरकाे फाेरलेन सडककाे काम थाल्ने उल्लेख गर्नुभयाे ।भाेली नै काठमाडौबाट फाेरलेन सडकका बिषयका छलफल गर्न मन्त्रालयकाे टाेली दाङ हिडेकाे नवनिर्वाचित सांसद रेखा शर्माले जानकारी दिनुभयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!