०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

रोल्पाको थबाङमा आगलागी हुँदा एउटा घर जलेर नष्ट

Logo
प्रकाशित आइतबार, मंसिर ११, २०७९

(ABC-Sanchar)
रोल्पा । उत्तरी रोल्पाको थबाङ गाउँपालिका–२ कोइचबाङस्थित स्थानीय शंकर झाँक्रीको घरमा शनिबार आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको बताइएको छ ।

प्रहरीका अनुसार शनिबार साँझ ५ बजेतिर ५८ वर्षीय झाँक्रीको घरमा आगलागी भएको थियो । ढुंगा र माटोले बनेको ढुंगाको छाना भएको ३ तले घरमा अचानक आगलागी भएपछि आगो नियन्त्रणमा लिन मुस्किल परेको थियो ।

प्रहरी र स्थानीयले तत्काल आगो निभाउन पहल गरे पनि सफलता नमिलेको स्थानीय शिक्षक गोविन सहयात्रीले बताए । आगलागी हुँदा घरमा कोही नभएकाले मानवीय क्षति हुन सकेन । आगलागीको कारण पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!