०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

राष्ट्रिय स्वतन्त्र पार्टी घण्टीको १० लाख समानुपातिक मत

Logo
प्रकाशित आइतबार, मंसिर ११, २०७९

(ABC-Sanchar)
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको चालू मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख मत पाएको छ।

अहिलेसम्म स्वतन्त्र पार्टीले १० लाख आठ हजार मत ल्याएको छ। निर्वाचन आयोगका अनुसार, ८८ लाख ९५ हजार मत गणना भएको छ। मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ।

सबैभन्दा पहिलो स्थानमा रहेको नेकपा (एमाले)ले २४ लाख ४२ हजार मत ल्याएको छ। नेपाली काँग्रेसको मत एमालेको तुलनामा करिब एक लाख २० हजार कम छ। काँग्रेसले २३ लाख १९ हजार मत पाएको छ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले १० लाख १६ हजार मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख २७ हजार मत पाएको छ।

जनता समाजवादी पार्टी, नेपालले पनि समानुपातिक प्रणालीको ११० सीटमा हिस्सा पाउने निश्चित भएको छ। जसपाले तीन लाख तीन हजार मत पाएको छ।

नेकपा (एकीकृत समाजवादी) समानुपातिकतर्फको ‘थ्रेसहोल्ड’ पार गर्न सङ्घर्षरत छ। यसले अहिलेसम्म दुई लाख ३९ हजार मत पाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!