०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

डिआईजी किरणबाट उपत्यका प्रहरी मातहतका कार्यालय प्रमुखहरूलाई धन्यवाद र निर्देशन

Logo
प्रकाशित सोमबार, मंसिर १२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी नायव महानिरीक्षक किरण राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार निर्देशन सम्बोधन गर्नुभएको छ ।

प्रहरी नायव महानिरीक्षक राणाले सबै संगको समन्वय र सहकार्यमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन गर्न सफल भएकोमा सम्पुर्ण प्रहरी कर्मचारीहरू, म्यादी प्रहरीहरूलाई धन्यवाद दिनु भयो ।

प्रहरी नायव महानिरीक्षक राणाले आफू मातहतका प्रहरी कर्मचारीहरुलाई थप उर्जाशील बनाउनका लागि सम्पूर्ण कार्यालयका प्रमुखहरूले आवश्यकता अनुसार सम-सामायिक विषयमा प्रहरी कर्मचारीलाई निर्देशन दिनुपर्ने बताउनुभयो ।

मानवअधिकार तथा आर्थिक पारदर्शितामा शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यका प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउन आवश्यक कार्ययोजना बनाई कार्यन्वयन गर्न तथा नागरिकहरूसंग प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न समेत निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!