०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

आवश्यकताको आधारमा कर्मचारी खटाईन्छ राजनीति नगरौं नगर प्रमुख चौधरी

Logo
प्रकाशित सोमबार, मंसिर १२, २०७९

(ABC-Sanchar)
दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले नगर भित्र रहेको कुनै पनि मातहतका कार्यालयमा आवश्यकताका आधारमा कर्मचारी खटाउन सकिने अधिकार आफुलाई भएको बताउनु भयो । कार्य क्षमता अब्बल भएका प्रशासनिक कर्मचारीलाई उसको कार्य सम्पादनका आधारमा सरुवा वा कामकाजमा पठाउदैमा राजनीतिक विषय नबनाउन समेत उहाँले सबैलाई आग्रह गर्नु भएको छ ।

प्रशासन अधिकृतलाई मेरो निर्देशनमा लमही अस्पतालको व्यवस्थापन गर्न पठाउनुस भनेर प्रमुख प्रशासकीय अधिकृतलाई भनेको हो, यो बारेमा अन्यथा मान्नु पर्ने कुनै कारण नै छैन । छैठौं स्तरको अधिकृत भएकोले ठेडी सरले अप्ठ्यारो मान्नु स्वाभाविक हो तर लमही अस्पतालमा नवौं तहको डाक्टर हुन्छ, ति डाक्टरहरु ठेडी सरको मातहतमा रहेर प्रशासन चलाउने हो अनि कसरी मान मर्दन भयो ? नगर प्रमुख भन्नु हुन्छ ।

त्यस्तै संस्थागत विषयलाई व्यक्तिगत रुपमा लैजाने जुन गलत क्रियाकलाप भएको छ यो क्रियाकलापले कसैको पनि हित नहुने भन्दै अर्थहीन आआण्डोणा गरेर जनताको सेवा नरोक्न समेत नगर प्रमुख चौधरीले आग्रह गर्नु भएको छ । लमही अस्पतालमा जान मान्नु हुन् भने ठिकै छ, प्रशासनकै काम गर्नुस तर समग्र नगरपालिकाको अहित हुने काम नगर्नुस पनि भनेको हुँ ठेडी लगायत अन्य अधिकृतहरुले मान्नु भएन, यसको जवाफ उहाँहरुले दिनु पर्छ चौधरीले भन्नु भयो ।

नगर प्रमुख चौधरी भन्नु हुन्छ ‘विषय एउटा छ उहाँहरु अर्कै तिर लागेर आन्दोलन गर्नु भएको छ। घर भित्रको कुरालाई सोसल मिडियाबाजी गरेर दुनियाँ हसाउने काम गर्नु भएको छ, घर भित्रको कुरा हो, चित्त नबुझेको खण्डमा हामी कहाँ आएर यस्तो समस्या भयो भन्ने की रमिता देखाउने ? उहाँहरुले रोजेको प्रमुख प्रशासकीय अधिकृत चाहियो रे, उहाँहरुले भने अनुशारको लेखा अधिकृत चाहियो रे,,,, यो के गर्न खोजेको हो ? नगरपालिकाको कर्मचारी कसलाई ल्याउने कसलाई पठाउने नगर प्रमुखको इछ्या अनुशारको विषय हो ।

लमही नगरपालिकामा कार्यरत कर्मचारीहरुको आन्दोलनले पालिकाका सबै शाखाहरु पूर्णरुपमा बन्द भएका छन । लमही नगरपालिकाको प्रशासन अधिकृत महेश थापा ठेडीलाई कामकाजका लागि नगरपालिकाको मातहतमा रहेको लमही अस्पतालमा पठाएपछि उक्त निर्णयप्रति असहमति जनाउदै कर्मचारी आन्दोलित भएको लमही नगरपालिकाले जनाएको छ ।

लमही अस्पतालको प्रशासन फाँटमा पाँचौ तहको कर्मचारी हुन्छ तर नगरपालिकाले अधिकृत छैठौं स्तरको कर्मचारीलाई लमही अस्पतालमा पठाएर अन्याय गरेको आन्दोलनरत कर्मचारीहरुको गुनासो छ । यो निर्णयले समग्र कर्मचारीको मान मर्दन भएको छ’ प्रशासन प्रमुख महेश थापा ठेडीले भन्नु भयो ।

लमही नगरपालिका- ४ स्थित नगर स्वास्थ्य केन्द्र घुम्ना चौथो तहको कारारको दरवन्दी हो तर त्यहाँ स्थायी छैठौं स्तरको अधिकृत कुलराज चौधरीलाई कामकाजका लागि खटाइएको छ। त्यस्तै लमही नगरपालिका-५ स्थित नगर स्वास्थ्य केन्द्र कोलहीमा पनि चौथो तहको कारारको दरवन्दी हो तर त्यहाँ पनि स्थायी पाँचौं तहको हेल्थ असिस्टेन्ट कृष्ण आचार्यले काम गरिरहनु भएको छ ।

लमही नगरपालिकाका पुर्व नगर प्रमुख कुल बहादुर केसी नगर प्रमुख हुँदा लमही नगरपालिका- ९ रिहारमा पशु उपसेवा केन्द्र संचालन गर्ने भनेर कुनै पनि तहको दरवन्दी नभएको ठाउँमा स्थायी छैठौं स्तरको अधिकृत खेमराज चौधरीलाई कामकाजका लागि पठाएको रेकर्ड नगरपालिकामा छ । दरवन्दी नभएको ठाउँमा स्थायी कर्मचारी सरुवा गर्न मिल्दैन तर कामकाजका लागि पठाउन मिल्ने भएरै पठाएको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!