०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

चर्को आवाज निकाल्ने मोटरसाइकल चलाउने २९ जना कारवाहीमा १० हजार जरिवाना

Logo
प्रकाशित सोमबार, मंसिर १२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । उपत्यकामा ठुलो आवाज निकाली ध्वनि प्रदुषण गराउने २९ ओटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्णत्रमा लिएर आवश्यक कारवाहीको लागी वातावरण विभाग सिंहदरवार पठाएको छ । जसमध्ये १२ ओटा मोटरसाइकललाई वातावरण विभागले नगद रु १० हजार जरिवाना गराएको छ । वातावरण विभागद्वारा परिक्षण गर्दा मापदण्ड भन्दाबढि आवाज निकालेको पाइएकाले जरिवाना गराइएको हो । १७ ओटा मोटरसाइकलको सम्बन्धमा सोही विभागबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट उपत्यकाका विभिन्न स्थानमा गरिएको बिशेष चेकिङको क्रममा २९ ओटा ठुलो आवाज निकाल्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । ठुलो आवाज निकाली सवारी साधन चलाउदा ध्वनि प्रदुषण हुनुका साथै मानविय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारी साधन नचलाउन हुन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्बन्धित सबैलाई अनुरोध गर्नु भएको छ ।

त्यस्तै स्कुल बस चेकिङमा १८ जना स्कुल बसका चालक पनि कारबाहीमा परेका छन् । बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरी सवारी साधन चलाउँदै गरेका १ जना चालक सहित १८ जनालाई कारवाही गरिएको हो ।

ईपिएस कलेज मिनभवनको बा २ ख २६३६ नम्बरको बसका चालक विकाश तामाङलाई मापसेको कसुरमा ट्राफिक प्रहरीले कारवाही गरेको हो । मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाईएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गते देखी स्कुल बस चेक जाँच गर्ने अभियान संचालन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!