
(ABC-Sanchar)
काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले घरेलु हतियारसहित प्रदर्शन गरेका गरेका छन् ।
सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका हुन् । खुकुरी, हंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह (बालेन्द्र)विरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।
उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।