२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जाजरकोटमा रगतको लागि सुरक्षाकर्मीको भर

Logo
प्रकाशित मंगलबार, मंसिर १३, २०७९

ABC (क्राईमबिट)
जाजरकोट । नलगाड नगरपालिका–८ हल्चौरकी गर्भवती लक्ष्मी खत्रीको अत्यधिक रक्तश्राव भयो। उनको घरबाट झण्डै तीन घण्टा टाढा रहेको स्थानीय अस्पतालमा उपचार सम्भव भएन। यसपछि १४ हजार जिप भाडामा लिएर २५ कोस टाढा सदरमुकाम ल्याएर उपचार सुरु भयो।

उपचारलगत्तै छोरीलाई जन्म दिएकी उनीलाई तत्काल ‘बी’ पोजेटिभ रगतको आवश्यकता परेको जनाउँदै स्वास्थ्यकर्मीले विष्णु खत्रीलाई अह्राए । जिल्लामै ‘ब्लड बैंक’ नभएका कारण खत्रीले तत्काल जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय हुँदै नेपाली सेनासम्म रगत चाहिएको सम्पर्क गरे।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले तत्काल प्रहरी जवान महेन्द्र थापालाई रक्तदान गर्न अस्पताल पठाए। त्यस्तै डोल्पामा अस्पतालमा गत शनिबार रुकुमपश्चिम आठबीसकोट नगरपालिका–४ की कमला विकको पाठेघरभन्दा बाहिर नलीमा नवजात शिशु बसेका कारण समस्या आयो। सो समस्या आएपछि उनी डोल्पा अस्पताल पुगेकी थिइन्। उक्त जटिल खालको एक्सप्लोरेट्री ल्यापारोटामी शल्यक्रिया जिल्ला अस्पतालमै भयो।

सो शल्यक्रियाका लागि रगतको आवश्यकता पर्दा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी जवानकै रगतको सहाराबाट विकको ज्यान बच्यो। यी त प्रतिनिधिमूलक घटनामात्र हुन्।

जाजरकोट अस्पताल र डोल्पाको जिल्ला अस्पतालमा मासिक सातभन्दा बढी रगत दिनुपर्ने बिरामी आउँदा सेना, प्रहरी र स्वास्थ्यकर्मी आफैंले रगत दिएर ज्यान बचाउने गरेको डोल्पा अस्पतालमा डा.अखण्ड उपाध्यायले बताए।

यातायातको सहज पहुँच नभएको डोल्पामा सबैभन्दा बढी समस्या आउने गरेको छ। जाजरकोट सदरमुकाममा समेत रगत व्यवस्थापन नहुञ्जेलसम्म दैनिक रगतकै समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले जानकारी दिए।

यस वर्षमात्र जाजरकोटमा १४ जनाको रगतकै समस्या समाधान भएको छ। छिमेकी जिल्ला रुकुमपश्चिममा समेत यही समस्या छ। कर्णालीका पहाडि जिल्लामा रगतको समस्या पर्नासाथ प्रहरी, सेना, स्वास्थ्यकर्मी र स्थानीयवासी नै खोज्नुपरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

कहिलेकाहिँ रगतै नपाउँदा बिरामीका आफन्त रुने, कराउनेसम्म गर्दा उपचारमा खटिने स्वास्थ्यकर्मीसमेत आँखाबाट आँसु झार्नुपरेको घेरै घटना देखापरेको जाजरकोट अस्पतालमा कार्यरत स्टाफ नर्स नेप्लिजा पुनले बताइन्।

डोल्पा अस्पतालका डा उपाध्यायका अनुसार अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा मात्र डोल्पा अस्पतालमा कम्तिमा १० जनालाई रगत दिइएको छ। सबैभन्दा बढी हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा लैजाने सुत्केरीको सङ्ख्या डोल्पाकै रहेको छ।

दुर्गम ठाउँमा सुत्केरी हुने अधिकांशको ज्यान रगत अभावकै जाने गरेको छ। घरमै असुरक्षितरूपमा सुत्केरी हुने र अत्यधिक समस्या परेपछि मात्र अस्पताल आउने अधिकांश सुत्केरी, घाइतेको ज्यान रगत अभावकै कारण जाने गरेको छ। पर्याप्त उपकरणका साथै स्रोत, साधन नभएका कारण दुर्गममा उपचार गर्न मुस्किल हुने र विश्वास गुमाउने गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!