०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

डोजर आतंक बन्द गर भन्दै काठमाडौं महानगरमा सुकुम्बासीहरुको प्रदर्शन

Logo
प्रकाशित मंगलबार, मंसिर १३, २०७९


(ABC-Sanchar)
काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर सुकुम्बासीहरुले कार्यालयमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले बालेन शाह राजीनामा दे , उचित विकल्पसहित व्यवस्थापन गर जस्ता नारा लगाएका छन् ।

उनीहरूले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पटक पटक सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

तर उनीहरूले अटेर गर्दै आएपछि महानगरले समितिको समन्वयमा हिजो डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन पुगेको थियो ।सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको थियो । दुई पक्षबीच झडप हुँदा महानगरका १५ जना भन्दा बढी घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!