१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

३६३ किलो गाँजा र ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९

३६३ किलो गाँजा बोकेको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्सा ठोरी गाउँपालिका-३ स्थित ठुटेखोला इलाकाबाट सोमबार उक्त मात्राको गाँजासहित ट्रकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले ना ख ६५५५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो।

मकवानपुरको हेटौडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको उक्त ट्रकमा फल्सबटन बनाएर २२ वटा कार्टुनमा प्याक गरेको अवस्थामा फेला परेको हो।

उक्त ट्रकका चालक सशस्त्र प्रहरीलाई देखेपछि ट्रक छाडेर फरार भएका हुन्।

बरामद गाँजा तथा ट्रक आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!