१६ साउन २०८२, शुक्रबार
01-08-2025 , Fri
×

महेन्द्र माध्यमिक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष मा अनोज यादव चयन

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९


नवलपरासी / १९ पुस । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनीमा अवस्थित महेन्द्र माध्यमिक बिद्यालय साेमनीकाे नयाँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष मा अनोज यादव चयन ।

मंगलबार विद्यालयले अभिभावक भेला आयोजन गरि नयाँ विधालय व्यवस्थापन समिती चयन गरेको छ उक्त बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा अनाेज यादव सहित ९ जना पदाधिकारी चयन गरिएको महेन्द्र माध्यमिक बिद्यालय साेमनीका प्र.अ अजय प्रसाद शर्माले जानकारी दिनुभएको छ । विद्यालयमा पुरानो व्यवस्थापन समितिको म्याद सकिएको कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

अन्य पदाधिकारीमा सदस्यहरु रेखा काेहार ,बुधिया देवी चाैधरी ,लालचन पासि ,कलावति देबी हरिजन , गाैतम कहार , पदेन सदस्य वडा नम्बर ३ वडा अध्यक्ष ऋषिदेव दास पटेल , शिक्षक प्रतिनिधि याेगेन्द्र प्रसाद बानियाँ तथा सदस्य सचिव विद्यालयका प्र.अ अजय प्रसाद शर्मा रहनुभएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा चयन हुनभएकाे यादव बिद्यालयलाई नमुना बनाउने प्रतिबद्धता ब्यक्त गर्दै शैक्षिक बिकास अाजकाे अावश्यकता रहेकाेले यश विद्यालयलाई नमुना बनाउने याेजना सहित अगाडि बढ्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले आफ्ना अनलाइन सेवा प्रयोगकर्ताका लागि ठूलो सुविधा ल्याएको छ। अबदेखि नेपाल प्रहरीको डोमेन तथा उप-डोमेनमार्फत सर्वसाधारणलाई प्रदान गरिने अनलाइन सेवाहरू नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडको मोबाइल तथा इन्टरनेट नेटवर्कमार्फत निःशुल्क प्रयोग गर्न सकिने भएको छ। नेपाल प्रहरीका अनुसार अब शून्य ब्यालेन्स भएको अवस्थामा पनि नागरिकहरूले प्रहरीका डिजिटल सेवा सहज […]

बाँके । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार उक्त अवधिमा जम्मा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको हो। प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँराजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड १ […]

काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको […]

error: Content is protected !!