०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

दाङमा एसपी वली आएपछी हत्याको आरोपमा २ वर्षपछि युवाहरु धमाधम पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९


(सागर थापा) दाङ । ब्यक्ति हत्याको आरोपमा दाङ प्रहरीले दुई वर्षपछि एक जना अभियुक्तलाई पक्राउ गरेको छ दाङ । घोराही १ रामपुर वुका निवासि माधव पाण्डेका छोरा निराजन पाण्डेको हत्याको आरोपमा मुख्य योजनाकारसहीत आफै संलग्न रहेको प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय दाङले घोराही १ वुकावाट गोविन्द घर्तिलाई पक्राउ गरेको छ । निराजनका वुवा माधवले आफ्नो छोराका हत्यामा गोविन्द आफै संलग्न भएको जाहेरी दिएपछि उनिमाथि अनुसन्धान गर्न प्रहरीले दुई वर्षपछि पक्राउ गरेको हो । विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिए । दुई वर्ष अगाडि गोविन्दले आफै नै आफ्नो छोराको हत्या गरेको पिडित निराजनका वुवा माधबले बताए । उनले यसपालि आफुले न्याय पाउने विश्वास ब्यक्त गरे । गोविन्दसहीत स्थानिय केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि अनुसन्धान गरेर पक्राउ परेका केही युवाहरुलाई छाडेको छ । भने गोविन्दमाथि घटना वारे थप अनुसन्धानका लागि प्रहरीले हिरासत राखेको दाङ प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुख एसपी वीर बहादुर वली आए देखि अपराधीक घटना लागूऔषध चोरी निकासी नदिजन्य फरार अपराधीहरु धमाधम पक्राउ लगाएत सबै नियन्त्रणमा आएको नागरिकहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!