१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

गृहमन्त्रीको निर्देशनपछि अवैध क्रसर उद्योग बन्द गर्न दाङ प्रहरीको निर्देशन

Logo
प्रकाशित शनिबार, पुष २३, २०७९

ABC (क्राईमबिट)
दाङ । अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङले निर्देशन दिएको छ । प्रशासनले एक सूचना जारी गर्दै त्यस्ता क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो । दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले अबैध क्रशरहरु बन्द गर्न सबैलाई लिखितरुपमा पत्राचार गरिएको बताए । उनले कानुन बिपरितक सबै क्रशर अब बन्द हुने बताए । दाङमा बालुवा धुने वासीङ मेसिनको नाममा अबैधरुपमा क्रशर मेसिन चल्ने गरेका छन । सडक, खोलाकै बिचमा धेरैजसो क्रशर सन्चालीत छन ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा जारी सूचनामा प्रचलित कानून र मापदण्ड विपरीत अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुंगा, गिट्टी तथा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु तत्काल बन्द गर्न निर्देशन गरिएको छ ।

यस्तै, विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना समाप्तिपछि पनि सञ्चलानमै रहेका उद्योगहरु बन्द गर्न प्रशासनले व्यवसायीहरूलाई अनुरोध गरेको छ ।

साथै प्रशासनले आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर उद्योग तत्काल बन्द गर्न उद्योग/निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायलाई समेत यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ ।

प्रचलित कानूनबमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगहरूलाई सम्बन्धित कागजात प्रशासनमा पेश गर्न भनिएको छ । सूचना उल्लंघन गरे कारबाहीको चेतावनी दिइएको छ ।

केही दिनअघि देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहले अवैध क्रस बन्दको निर्देशन दिएको थियो । धेरैजसोले आर्थिक चलखेल गरेर खोल्न दिइने गरेको भन्दै ब्याबहारिकरुपमा कार्यान्वयनमा आउन समस्या रहेको शंका ब्यक्त गरेका छन । बिगतमा पनि क्रशर बन्द गर्ने धम्कि दिएर पैसा उठाउने र पछि सन्चालन गर्न दिइएको गुनासाहरु सुनिन्छन । अबैध क्रसरमा संासद, राजनितिक दलका नेता, जनप्रतिनिधी, कर्मचारिहरुकै लगानी रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

दाङ प्रहरीले घोराहीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ दाङ । अवैध लागूऔषध ब्राउनसुगर सहित तुलसीपुरका एक युवक घोराहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेत रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद […]

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

error: Content is protected !!