३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

घरायसी विवादमा श्रीमतीको हत्या

Logo
प्रकाशित बुधबार, पुष २७, २०७९

झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।

गएराति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।

भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर्जुनधारामा डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्दै आएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!