१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

नेपाल प्रहरीको १७ जना डिआईजीको सरुवा लुम्बिनी प्रदेशमा राई प्रदेश १ मा ज्ञेवाली

Logo
प्रकाशित बिहिबार, पुष २८, २०७९

 (सागर थापा) दाङ । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक डीआईजीको काज सरुवा भएको छ । बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाएका छन् । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन् मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् ।

कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् । प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएका छन् । अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए । विमानस्थलमा किरण राणा खटाइएकी छन् । विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पोखरा । १७ ड्याम!साइडस्थित नयाँ पुलमुनि फुस्रे खोलामा फालिएको शंकास्पद सुटकेसभित्र तन्नाले बेरिएको २२–२५ वर्षीया युवतीको शव फेला परेको छ। स्थानीयको सूचनापछि प्रहरीले सुटकेस खोलेर हेर्दा हातमा ‘मनिषा विश्वकर्मा’ लेखिएको ट्याटु भएको शव भेटिएको हो। साथमा मेडिकल कार्ड पनि फेला परेको छ। प्रहरीका अनुसार ह!त्या गरी सुटकेस!भित्र हालेर फालिएको आशंका गरिएको छ। युवती ड्याम!साइडमै एक […]

बाँके । आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न […]

  काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीको लागि भारत सरकारले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन ट्रक हस्तान्तरण गरेको छ। यसअघि भारतले निर्वाचन सहयोगमा ५८० भन्दा बढी सवारीसाधन नेपाललाई उपलब्ध गराइसकेको थियो।

error: Content is protected !!