११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

प्रहरी र स्थानीयबीच झडप, ५ जना घाइते

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

काठमाडौंको शंखरापुरमा सबस्टेसन निर्माण विवादमा प्रहरी र स्थानीयबीच झडप हुँदा पाँचजना घाइते भएका छन् । स्थानीयले लप्सीफेदीमा सबस्टेसन राख्न नहुने माग गर्दै गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।

घाइते हुनेमा शंखरापुर नगरपालिका ३ का वडा सदस्य विजय लामा, स्थानीय अभियन्ता आरके तामाङसहितका स्थानीय रहेका छन् । वडा सदस्य लामाको हातमा चोट लागेको छ । त्यस्तै, प्रहरीले दुईजनालाई पक्राउ गरेको तामाङले बताए ।

स्थानीयको सहमतिबिना नेपाल विद्युत् प्राधिकरणले अपर तामाकोशीको विद्युत् प्रसारण लाइन सबस्टेसन हाइटेन्सन लाइन राख्न थालेपछि विवाद भएको थियो । सबस्टेसन राखे बैंकले जग्गा धितो नलिने, स्थानीयको स्वास्थ्यमा असर पर्ने स्थानीयको भनाइ छ ।स्थानीय १२ दिनदेखि आन्दोलित छन् । गत बुधबार बौद्ध प्रहरी वृत्तबाट सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी स्थानीयलाई पेस्तोल ताकेका थिए ।
गैरव्यावसायीक कार्य गरेको भन्दै उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!