३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

प्रहरी र स्थानीयबीच झडप, ५ जना घाइते

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

काठमाडौंको शंखरापुरमा सबस्टेसन निर्माण विवादमा प्रहरी र स्थानीयबीच झडप हुँदा पाँचजना घाइते भएका छन् । स्थानीयले लप्सीफेदीमा सबस्टेसन राख्न नहुने माग गर्दै गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।

घाइते हुनेमा शंखरापुर नगरपालिका ३ का वडा सदस्य विजय लामा, स्थानीय अभियन्ता आरके तामाङसहितका स्थानीय रहेका छन् । वडा सदस्य लामाको हातमा चोट लागेको छ । त्यस्तै, प्रहरीले दुईजनालाई पक्राउ गरेको तामाङले बताए ।

स्थानीयको सहमतिबिना नेपाल विद्युत् प्राधिकरणले अपर तामाकोशीको विद्युत् प्रसारण लाइन सबस्टेसन हाइटेन्सन लाइन राख्न थालेपछि विवाद भएको थियो । सबस्टेसन राखे बैंकले जग्गा धितो नलिने, स्थानीयको स्वास्थ्यमा असर पर्ने स्थानीयको भनाइ छ ।स्थानीय १२ दिनदेखि आन्दोलित छन् । गत बुधबार बौद्ध प्रहरी वृत्तबाट सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी स्थानीयलाई पेस्तोल ताकेका थिए ।
गैरव्यावसायीक कार्य गरेको भन्दै उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!