१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

जानकीले स्थानीयलाई हटाएर बाहिरी व्यक्तिलाई नियुक्त गरिएकोप्रति युवाहरुको गम्भीर आपत्ति

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

मानपुर / बाँकेको जानकी गाउँपालिका युवाहरुले युवा लक्षित लगायतका बिषयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । वडा नम्बर एकदेखि ६ सम्मका युवाहरुले सामूहिक रुपमा बिहीबार गाउँपालिका अध्यक्ष छब्बन खाँलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

युवाहरुले गाउँपालिकाले युवा लक्षित कार्यक्रम नल्याएको, कर्मचारी भर्ना तथा नियुक्तीका सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाउँदै बिरोध गरेका छन् । उनीहरुले स्थानीय व्यक्तिलाई हटाएर बाहिरी व्यक्तिलाई कर्मचारीका रुपमा भर्ना गरिएको प्रति गम्भीर आपत्ति रहेको जनाएका छन् ।

हामी जानकी गाउँपालिकाको स्थानिय बासिन्दा र यहाँको कर्मठ तथा जुझारु युवाहरुको रुपमा विगत समयदेखि मानव अधिकार, तथा खेलकुद र अन्य सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएका एक सामाजिक अभियान्ता समेत रहेको हुँदा हामी संयुक्त रुपमा यस क्षेत्रमा १ देखि ६ सम्मको युवाहरुलाई समेट्ने खालको कुनै परियोजना गाँउपालिकाले नबनाएको र चरम सिमा भन्दा बाहिर गई कर्मचारी भर्ति गर्ने र कहि कतै नभएको व्यवस्था यहाँ लागु भएको तथ्य हामीले पाएको हुँदा तपाई यस स्थानीय तहको प्रमुखको हैसियतले तुरुन्त यी विषयमा ध्यानाकर्षण गरि प्रमुख प्रशासकिय अधिकृतको स्वकीय सचिव कहाँ र कसरी नियुक्त गरियो र स्थानीय व्यक्ति रहेका प्रेस संयोजकलाई हटाई बाहिरबाट कसरी स्थानीय प्रेस सल्लाहाकार नियुक्त गरियो ?

यसमा गम्भीर रुपमा ध्यानाकर्षण गराउँदै अब उप्रान्त हाम्रो यस क्षेत्रमा रहेको सामाजिक संस्था जस्तै यूवा क्लब, सहकारी र गैर सरकारी सस्थालाई समेत भर्खरै भएको जानकी गापाको गाँउ सभामा नबोलाएको कारण समेतलाई ध्यानाकर्षण गर्दै हामीले पहिलो शान्तिपुर्ण ज्ञापन पत्र बुझाउने सल्लाह अनुसार तपाईलाई यो ज्ञापन पत्र बुझाएको छौ । ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

साथै उनीहरुले माग सम्बोधन नभए जानकी गाउँपालिकाको आर्थिक लेखा परिक्षण तथा योजना अनुगमन गर्ने, शान्तिपूर्ण विरोध जुलुस तथा कोण सभा कार्यक्रम गर्ने र जानकी गाँउपालिकाको कार्यालय घेराउ लगायतका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!