२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

सशस्त्र प्रहरी बलको वेपत्ता गोताखोर टोलीद्वारा खत्रीको शब फेला

Logo
प्रकाशित बिहिबार, माघ ०५, २०७९

ABC (क्राईमबिट)
काठमाण्डौं । जिल्लाको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव माघ ५ गते सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणं, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।
माघ २ गते सो ठाउँमा बा ५ च ५६५४ को सिलभर रङको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १ वस्ने अन्दाजी ४० बर्षिय राजकुमार खत्री वेपता भएका थिए भने अन्दाजी ४० बर्षिया अम्बिका लामिछाने घाइते भएकी थिइन् ।
सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

काठमाडौं । ओखलढुंगाको अवस्था सामान्य रहेको छ भने भ्रामक सूचना संप्रेषण गर्नेहरूको खोजी जारी रहेको डिएसपी मदन के.सी.ले जानकारी दिएका छन्। ओखलढुंगा प्रहरीले सामाजिक सञ्जालबाट अफवाह फैलाउनेलाई साईबर ब्युरोले कारबाही गर्ने चेतावनी दिएका छन् । भ्रामक सूचना फैलिनबाट रोक्न तथ्य–जाँचकीको बलबुताले मात्रै सम्भव हुँदैन, समग्र सूचना–सञ्चार प्रणाली, पत्रकारिता जगत्, देशको सामाजिक संरचना, संस्कृति र नागरिकको […]

रौतहट । जिल्ला निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत जिगडवास्थित एक मतदान केन्द्रमा उम्मेदवार किरण साह र महतावा आलामबीच भएको विवादका कारण केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। दुवै पक्षबीच भनाभन भएपछि मतदान केन्द्रको वातावरण असहज बनेको थियो। सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएपछि अवस्था सामान्य बन्दै गएको छ। घटनापछि केही समय मतदान प्रक्रिया प्रभावित भए […]

error: Content is protected !!