०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

चलखेलमा भएका सरुवा के बदर होला

Logo
प्रकाशित शुक्रबार, माघ ०६, २०७९

गृहमन्त्रीबाट हट्नुअघि बालकृष्ण खाणले केही जिल्लाका प्रहरी इन्चार्ज र सिडिओको काज सरुवा गरेका थिए । यतीबेला गृहले ठूलो संख्यामा सिडिओ र प्रहरी इन्चार्जको सरुवा तयारी गरेको छ । जसमा यसअघि चलखेलका आधारमा भएका काज सरुवा कायम रहन्छ कि त्यसलाई सच्याउने काम हुन्छ भन्ने धेरैको चासो छ ।

केही महत्वपूर्ण जिल्लाका एसपीलाई गत महिना सरुवा गरिएको थियो । सरुवाको मापदण्डविपरीत केहीलाई इन्चार्जबाट इन्चार्जमै सरुवा गरिएको थियो । जस्तो बाँकेमा डेढ वर्ष बसेका एसपी श्यामकृष्ण अधिकारीलाई लुम्बिनी प्रदेशको ट्राफिक प्रमुखमा सरुवा भयो । बाँकेमा हुँदा अकुत सम्पत्ति आर्जन गरेको पैसा प्रयोग गरी उनले इन्चार्जमै सरुवा गराएका थिए । स्रोतका अनुसार अधिकारीलाई ट्राफिकबाट हटाउने तयारी छ ।

त्यस्तै, सुर्खेतमा गएका योगेन्द्रसिंह थापा त्यसअघि लुम्ब्निीको ट्राफिक इन्चार्ज थिए । उनको पनि काज सरुवा बदर हुने सम्भावन छ ।

त्यस्तै, बाँके गएका सन्तोषसिंह राठौर तथा कैलाली गएका देवेन्द्र पालको पनि त्यही पदस्थापन हुने कम सम्भावना छ । एसपी राठौर सर्लाहीमा हुँदा कारबाही स्वरुप तानिएका थिए । उनलाई गणबाट जिल्ला पठाइएको छ ।

एसपी कोमलबिक्रम शाह शेरबहादुर देउवाको पिएसओ बसेका आधारमा पर्सा पाएका थिए । उनी आफ्नो सरुवा त्यही गराउन दौडधुपमा लागेका छन् ।

नरेशराज सुवेदी सर्लाही गएका थिए । उनी प्रचण्डका पूर्व पिएसओ हुन्, त्यसकारण उनलाई समस्या छैन । झापा गएका दुर्गा रेग्मी पनि हट्ने सम्भावना रहेको बताइन्छ । प्रहरी प्रधान कार्यालयले केही दिनभित्रै सरुवा निकाल्ने तयारी गरेको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!