१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

पूर्वीनवलपरासीमा दुई वटा गैँडालाई सिकारीले मारेको अवस्थामा फेला

Logo
प्रकाशित शनिबार, माघ ०७, २०७९

ABC (क्राईमबिट)
चितवन । शुक्रबार दिउँसो साढे १२ बजेतिर ती गैँडा मृत अवस्थामा फेला परेपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेनाको टोली घटनास्थलमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।

तिवारीका अनुसार एउटा माउ गैँडा र एउटा भाले बच्चा गैँडा मृत अवस्थामा फेला परेका हुन्। दुवै गैँडालाई करेन्ट लगाएर मारिएको जस्तो देखिएको, गैँडा मृत फेला परेको नजिकै विद्युतीय तारसमेत भेटिएको तिवारीले बताए।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ सीतापुर सेहेरीनजिकै नारायणी नदीको भंगालोमा दुई वटा गैँडा मृत फेला परेको हो। माउ गैँडाकोट सिंङ कोटेर लगेको र बच्चाको भने सुरक्षित रहेको तिवारीले बताए।

नारायणी नदीवारि घाँस चर्न आएको समय पारेर शुक्रबार बिहानपख सिकारीले गैँडा मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिवारीले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!