१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

पूर्वीनवलपरासीमा दुई वटा गैँडालाई सिकारीले मारेको अवस्थामा फेला

Logo
प्रकाशित शनिबार, माघ ०७, २०७९

ABC (क्राईमबिट)
चितवन । शुक्रबार दिउँसो साढे १२ बजेतिर ती गैँडा मृत अवस्थामा फेला परेपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेनाको टोली घटनास्थलमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।

तिवारीका अनुसार एउटा माउ गैँडा र एउटा भाले बच्चा गैँडा मृत अवस्थामा फेला परेका हुन्। दुवै गैँडालाई करेन्ट लगाएर मारिएको जस्तो देखिएको, गैँडा मृत फेला परेको नजिकै विद्युतीय तारसमेत भेटिएको तिवारीले बताए।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ सीतापुर सेहेरीनजिकै नारायणी नदीको भंगालोमा दुई वटा गैँडा मृत फेला परेको हो। माउ गैँडाकोट सिंङ कोटेर लगेको र बच्चाको भने सुरक्षित रहेको तिवारीले बताए।

नारायणी नदीवारि घाँस चर्न आएको समय पारेर शुक्रबार बिहानपख सिकारीले गैँडा मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिवारीले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!