१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

घुमुवा राख्न प्रहरी प्रधान कार्यालयबाट स्वीकृति लिनुपर्ने घुमुवा राखे कार्वाही हुने

Logo
प्रकाशित शनिबार, माघ ०७, २०७९

ABC (क्राईमबिट) काठमाडौं । सूचना संकलनका लागि सादा पोसाकमा खटिने प्रहरीको गैरव्यावसायिक गतिविधि रोक्न प्रहरीले कार्यविधि संशोधन गर्ने भएको छ । असल चालचलन भएका प्रहरीलाई मात्र सादा पोसाकमा खटाउने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

डिआइजी टेकप्रसाद राई नेतृत्वको एक अध्ययन समितिले मंगलबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई यससम्बधी प्रतिवेदन बुझाएको छ । जसमा पछिल्लो चार वर्षको ट्र्याक रेकर्ड हेरेर असल चालचलन भएका कर्मचारीलाई मात्र सादा पोसाकमा खटाउनुपर्ने सिफारिस छ ।

डिआइजी टेकप्रसाद राई, प्रवक्ता, नेपाल प्रहरी
अब जो–कोहीले सादा पोसाकमा काम गर्न पाउँदैन । असल चालचलन भएको, अध्ययन र अन्वेषण गर्न सक्नेलाई मात्र उनीहरूको पृष्ठभूमि हेरेर सादा पोसाकमा खटाउन पाइन्छ ।

सादा पोसाकमा खटाउनुअघि माथिल्ला निकायबाट त्यसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न पनि भनिएको छ । जिल्ला प्रहरी कार्यालयले पहिला प्रदेश प्रहरी कार्यालयलाई त्यसबारे जानकारी गराएर स्वीकृति लिनुपर्ने हुन्छ । नियमन हुने र पारदर्शिता पनि हुने भएकाले यस्तो प्रणाली सिफारिस गरिएको एक अधिकारी बताउँछन् । हाल कार्यालय प्रमुखले आफूनिकटका प्रहरीलाई सादा पोसाकमा खटाउने गरेका छन् ।

प्रहरी प्रवक्तासमेत रहेका डिआइजी राईले सादा पोसाकमा खटिने कर्मचारीका कारण संगठन बदनाम नहोस् भनेर यसमा सुधार थालिएको बताए । ‘अब जो–कोही पनि सादा पोसाकमा काम गर्न पाउँदैन,’ उनले भने, ‘असल चालचलन भएको, अध्ययन र अन्वेषण गर्न सक्नेलाई मात्र उनीहरूको पृष्ठभूमि हेरेर सादा पोसाकमा खटाउन पाइन्छ ।’ प्रतिवेदनका आधारमा सादा पोसाकमा प्रहरी परिचालनसम्बन्धी कार्यविधि संशोधन गर्न लागिएको छ । कार्यविधिविपरीत सादा पोसाकमा कसैलाई खटाउन नपाइने प्रावधान लागू गर्न लागिएको छ ।

सादा पोसाकमा कार्यरत प्रहरीहरू पटक–पटक आफैँ अपराधमा संलग्न हुँदै आएका छन् । घुमुवा प्रहरीसमेत भनिने उनीहरूका कारण प्रहरी बदनाम हुँदै आएको छ । सादा पोसाकमा प्रहरी परिचालनलाई व्यवस्थित बनाउन विगतमा धेरैपटक प्रयास भए पनि सफल हुन सकेको छैन । प्रहरीका हाकिमहरूले व्यक्तिगत स्वार्थका लागि सादा पोसाकका प्रहरीलाई परिचालन गर्दै आएका छन् । सूचनासँगै आर्थिक लेनदेनमा पनि संलग्न हुने कारण सादा पोसाकका प्रहरी विवादमा पर्ने गरेका छन् ।

एक प्रहरी अधिकारीका अनुसार खासगरी तराईका जिल्लामा घुमुवा विकृति धेरै छ । कतिपय कार्यालयमा १० वर्षदेखि एउटै प्रहरी घुमुवाका रूपमा कार्यरत छन् । जहाँ सरुवा भए पनि काज मिलाएर त्यहीँ बस्ने प्रवृत्ति छ । धेरैजसो हाकिमलाई आर्थिक संकलनका लागि इमानदारभन्दा पैसा उठाउन सक्ने प्रहरी चाहिने र उनीहरूले त्यस्तै खराब संगत भएका प्रहरीलाई रोज्ने गरेका छन् । त्यस्ता प्रहरीकै कारण समग्रमा प्रहरीको इन्टेलिजेन्स बदनाम हुन पुगेको हो ।

सशस्त्र प्रहरी बलमा पनि यस्तो समस्या रहेकोमा राजु अर्याल महानिरीक्षक भएलगत्तै सबैलाई हटाएर इन्टेलिजेन्स तालिम गरेकालाई मात्र खटाउने निर्णय गरेका थिए । तर, पूर्ण रूपमा यो विकृति हट्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!