१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

कार्यालयमा चोरी गरेको आरोपमा एक किशोर पक्राउ

Logo
प्रकाशित शनिबार, माघ ०७, २०७९

पहिले आफैंले काम गरेको कार्यालयबाट नगद चोरी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका वडा नं. ४ मा घर भइ घोराही-१५ काठेकोहलमा डेरी गरी बस्ने १८ वर्षीय रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार माघ ५ गते घोराही–१५ स्थित ग्लोबल ओरेन्स नेपालमा चोरी भएको थियो। उक्त कार्यालयको बिक्री कक्षको दराज फोडेर एक लाख ९१ हजार नगद चोरी भएको निवेदन प्रहरी कार्यालयमा परेको थियो।

निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त कार्यालयकै पूर्व सहयोगी कर्मचारी चौधरीमाथि शंका लागेर उनको डेरामा प्रहरी पुगेको थियो। उक्त डेराबाट एक लाख ८८ हजार रुपैयाँ फेला परेको डिएसपी गौतमले बताए।

स्थानीयसँग सोधपुछ र अनुसन्धान गर्ने क्रममा केहीले चौधरी माथि विगतका गतिविधिका कारण आशंका गरेपछि प्रहरी उनको कोठामा तलासी गर्न गएको डिएसपी गौतमले जानकारी दिए।

चोरी सम्बन्धी मुद्दा चलाएर चौधरीमाथि थप अनुसन्धान जारी रहेको डिएसपी गौतमले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!