१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

रोटरी क्लव स्तरिय रोटा क्विज सम्पन्न

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९


(ABC-Sanchar) दाङ । तुलसीपुर रोटरी क्लव अफ तुलसीपुर सिटीले अन्तर रोटरी क्लव स्तरिय रोटा क्विज सम्पन्न गरेको छ । रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ अन्तर्गत जोन २५ र २६ मा आवद्ध क्लवहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । क्लवमा आवद्ध सदस्यहरुलाई रोटरी सम्वन्धि ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष यज्ञ बहादुर केसीले जानकारी दिनुभयो । विभिन्न ४ वटा क्लवका विचमा भएको प्रतियोगितामा रोटरी क्लव अफ दाङ प्रथम भएको छ । साथै सो प्रतियोगितामा रोटरी क्लव अफ तुलसीपुर सिटी द्धितिय र रोटरी क्लव अफ धनगढी तेश्रो भएका थियो भने रोटरी क्लव अफ लमहीले सान्त्वना प्राप्त गरेको थियो ।
कार्यक्रममा बोल्दै रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ जोन २६ का असिस्टेन्ट गभर्नर तुफानबाबु श्रेष्ठले रोटा क्विज रोटरीको ज्ञान अभिवृद्धि गर्नका लागि महत्वपूर्ण भएको भन्दै विशिष्ट कार्यक्रम सञ्चालन गरेर तुलसीपुर सिटीले अरुका लागि पनि उदाहरणिय कार्य गरेको बताउनु भयो । कार्यक्रममा रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ रिजन ५ का रोटा क्विज संयोजक गौतम भुषालले विभिन्न पेशा व्यवसायमा नेतृत्व गरेका युवाहरुलाई रोटरीले आकर्षित गरेको भन्दै यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्विज मास्टर मिलन भण्डारीले रोटरीको वास्तविक ज्ञान सबै रोटरियनले जान्नुपर्ने वताउँदै भव्य रुपमा कार्यक्रम सम्पन्न गरेकोमा आयोजक क्लव तुलसीपुर सिटीलाई धन्यवाद समेत दिनुभएको थियो ।
कार्यक्रममा रोटरी क्लव अफ धनगढीका अध्यक्ष ठेकेन्द्रराज जोशी, रोटरी क्लव अफ दाङका पुर्व अध्यक्ष चेतनारायण पाण्डे र रोटरी क्लव अफ लमहीका संस्थापक अध्यक्ष रविलाल आचार्यले रोटा क्विज भव्य रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष यज्ञ बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पुर्व अध्यक्ष विजय केसीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरु लगायत रोटा क्विजमा भाग लिन आउनुभएका सहभागि सम्पूर्ण रोटरियनहरुलाई क्लवका पुर्व अध्यक्ष विमल रिजालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण क्लबका सचिव मनोज बस्नेतले गर्नुभएको थियो । रोटरी क्लव अफ तुलसीपुर सिटीले निरन्तर रुपमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!