०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

सेटिङको दुनियाँमा फेरि सेटिङ सिडिओ सरुवामा पनि सेटिङ

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९

काठमाडौं । गृह मन्त्रालयले गत साता गरेको करिब चार दर्जन जिल्लाका सिडिओको सरुवामा सेटिङ भएको आरोप लागेको छ । यसअघि राम्रो काम गर्न नसकेकालाई नै फेरि सिडिओमा खटाएर पुरस्कृत गरिएको छ ।

सुनसरीमा तस्करीको लाइन चलाएको आरोप लागेका इन्द्रदेव यादबलाई सर्लाहीमा पठाइएको छ । घुसकाण्डमा परेका लालबाबु कवारीलाई गोरखाको सिडिओ बनाइएको छ ।दोलखामा शान्तिपूर्वक निर्वाचन गराउन नसकेका भोजराज खतिवडालाई सिराहाको सिडिओ बनाएर पुरस्कृत गरेपछि गृहका कर्मचारीहरु चकित भएका छन् । कपिलवस्तुमा चुनावको बेला तस्करीको लाइन खोलेका धर्मेन्द्र मिश्रलाई रौतहटको सिडिओ बनाइएको छ ।

काभ्रेमा अवैैध क्रसरलाई संंरक्षण गरेकी हुमकला पाण्डे पनि पुरस्कृत भएर सुनसरीको सिडिओ भएकी छिन् । मोरङमा राम्रो काम गर्न नसकेका काशीराज दाहाललाई अर्काे महत्वपूर्ण जिल्ला धनुषामा खटाइएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागभित्र अनियमितताको आरोप लागेका तिर्थराज भट्टराई मोरङको सिडिओ बनेका छन् । उनी यसअघि भ्रष्टाचारमा परेका कर्मचारी हुन् । मन्त्रालयकै शिवराज पोखरेलले झापाको सिडिओले झापा पाउदा अर्का क्षमतावान सहसचिव भिष्मराज भुषालले यसपटक पनि सिडिओ हुने अवसर पाएनन् ।

विपिन आचार्य सेटिङकै आधारमा बाँके पुगेका छन् । कैलालीमा राम्रो काम गर्न नसकेका किरण थापा नुवाकोटमा सिडिओको जिम्मेवारी पाएका छन् । एयरपोर्टमा हुँदा भिजिट भिसाको सेटिङमा मुछिएका सुशील बैद्यलाई दाङको सिडिओ बनाइएको छ ।

धेरै जसो सिडिओको सेटिङमा सरुवा भएको स्रोत बताउँछ । सरुवाको सूची गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत दीपक बोहरा र गोकर्ण उपाध्यायले बनाएका हुन् । सरुवामा गृहसचिव विनोदप्रकाश सिंहले पनि केही खराब आचरण भएका सिडिओलाई पुरस्कृत गरेका छन् ।

यता प्रहरीको सरुवा पनि सेटिङकै कारण अवरुद्ध हुन पुगेको छ । डिआइजी र एसएसपी सरुवामा गृहमन्त्री लामिछानेले ठूलो चासो राखेका थिएनन् । तर, एसपी र डिएसपी सरुवामा गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच टक्कर पर्न थालेको स्रोत बताउँछ ।

एसपीसम्मको सरुवा अधिकार आइजिपीलाई भए पनि विगतका मन्त्रीजस्तै गृहमन्त्रीले हस्तक्षेप गर्न थालिसकेका छन् । प्रहरी अधिकारी पनि गृहमन्त्री निकट बिचौलियालाई भेटेर सरुवामा चलखेल गरिरहेका छन् ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य […]

काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो। प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका अनुसार सबै कार्यालयमा परिपत्र पुगेको छ। ‘आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको हो,’ […]

error: Content is protected !!