०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

गीतकार एवं इन्स्पेक्टर भूपेन्द्र बुढाथोकीले सिल्भर बटन पाए युट्युबमा दामभन्दा नामको लागि

Logo
प्रकाशित सोमबार, माघ १६, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरी निरीक्षक तथा गीतकार भूपेन्द्र बुढाथोकी मानिस अमर नभएपनि उसका गीतसंगीत सधैँ रहिरहने बताउँछन् । आफ्नो भूपेन्द्र बुढाथोकी युट्युब च्यानलको सस्क्राइबर एक लाख पुगेर सिल्भर प्ले बटन प्राप्त गरेका खुसी शेयर गर्दै सामाजिक संजालमा यो विचार राखेका हुन् ।

उनले आफ्नै नामबाट यो युट्युब पैसा कमाउन खोलेको भने होइन । नाम कमाउने, गीत सधैँ रहने उद्देश्यले युट्युब बनाएका हुन् । यसबाट उनले अहिलेसम्म केही पैसा पनि प्राप्त गरेका छैनन् । तर सस्क्राइबर भने एक लाख पुगेको छ । गीत बाहेक अन्य भिडियो समेत उनले युट्युबमा राखेको छैन । पेसा अर्कै भएकोले मानिसबाट नेगेटिभ कुरा आउने डरले आफूले गीत बाहेकको अन्य भिडियो युट्युबमा नराखेको सुनाए ।

एक लाख सस्क्राइबरको खुसीमा उनले लेखेका छन्, ‘यो मेरो प्रोफेसन त होइन, म एउटा राष्ट्र सेवक कर्मचारी प्रहरी इन्स्पेक्टर भएता पनि मैले फुर्सदमा लेख्ने गरेका मेरा केही गीतहरू जसमा मैले राष्ट्रिय अवार्ड समेत पाउन सफल भए । आफ्नै नामको युट्युब च्यानल एकलाख सस्क्राइबर समेत पाउन सफल भए । आफ्नै नामको भूपेन्द्र बुढाथोकी युट्युब च्यानल एकलाख सस्क्राइबर पुगेको हुँदा आज युट्युबको तर्फबाट यो सिल्भर प्ले बटन अवार्ड पाउनसफल भएको छु । कोही पनि मान्छे महर हुँदैन । तर आफूले रचेका गीतसंगीत सधैँ ररिरहने छन् ।’

किन लेख्छन् गीत भूपेन्द्र ?

भूपेन्द्र फुर्सदको समय गीत लेख्ने गर्छन् । गीत लेख्दा उनलाई खुसी मिल्ने गर्छ । आफूले लेखेको गीत रेकर्ड गरेर युट्युबमा ल्याउँछन् । एउटा गीत युट्युबमा ल्याउँदासम्म रेकडिङदेखि विभिन्न खर्च छन् । उनी भने थोरै पैसामा साथीभाइ, चिनजानको सरसहयोगमा गीत ल्याउने गर्दछन् ।

‘हामी नेपाल प्रहरी’ बोलको गीतबाट लेखन सुरु गरेका उनको आफ्नो च्यानलमा आएको पहिलो गीत भने ‘फुल भनौँ जिन्दगीलाई’ हो । त्यसपछि उनका ‘अब खुसी’, ‘डाडापारी मेरो माया’, ‘मुटु टुड्दा’ र ‘धोका माथि धोका’ गरेर ६, ७ वटा गीत सार्वजनिक भएको छ ।

डिआइजी टेकबहादुर तामाङको गीत लेखनबाट प्रभावित भएर लेखन थालेका उनी आफ्नो प्रेरणाका श्रोत पनि तामाङलाई मान्छन् । सानोमा गजल, कविता लेख्ने उनले २०७३ मा असईबाट प्रहरी सेवा सुरु गरेका हुन् । शो क्रममा उनले ‘हामी नेपाल प्रहरी’ बोलको पहिलो गीत लेखेका थिए । अहिले उनी प्रहरी निरीक्षकको रुपमा मुगुमा कार्यरत छन् ।

उनले गीत लेखनबाट केही गीतसंगीतका अवार्ड समेत प्राप्त गरेका छन् । ‘फुल भनौँ जिन्दगीलाई’ गीतबाट पहिलो अवार्ड पाएका उनले गायक प्रमोद खरेलको स्वर रहेको ‘धोका माथि धोका’ भन्ने गीतबाट गीतबाट दोस्रो अवार्ड बुझेका थिए । उनी एक वर्ष, ६ महिनामा नयाँ गीत ल्याउँछन् । युट्युबमा गीत पैसा भन्दा पनि नाम र गीत सधैँका लागि रहने उद्देश्यले ल्याउने गरेको सुनाए । ‘कतिले तपाईँको च्यानलबाट मेरो गीत पनि हाल्नु पर्‍यो भनेर भन्छन्’, बुढाथोकीले भने ‘यो मेरो नामको च्यानल भएकोले आफ्नो मात्र राख्छु भनेर बुझाउँछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!