१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

सरकार परिवर्तन संगै प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव फेरी पुरानै अवस्थामा

Logo
प्रकाशित सोमबार, माघ १६, २०७९

सरकार परिवर्तन संगै प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव फेरी पुरानै अवस्थामा
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन २०७९ मङ्सिरमा गृह मन्त्रालयले प्रस्ताव गरेको थियो । सो प्रस्ताव अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा फन्को मारेर पुन: गृह मन्त्रालयमा फिर्ता भएको छ ।अर्थ मन्त्रालयले मङ्सिर अन्तिम सातामा सहमति दिएर फिर्ता गरेको प्रस्ताव अब गृह मन्त्रालयले थप परिमार्जन सहित अघि बढाउने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएर प्रहरीमा ३० वर्ष सेवा गरेपछि अवकाशमा जानुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाउन लागेको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेसँगै अध्यादेशमार्फत ३० वर्षे हटाउने प्रयासमा ब्रेक लागेको छ ।

३० वर्षे सेवा अवधि मात्र नभई प्रहरी ऐन–२०१२ लाई कसरी संशोधन गर्ने भन्नेबारे छलफल भइरहेको गृह मन्त्रालयका प्रवक्ता (सह सचिव) फणिन्द्रमणि पोखरेलले बताए । सह–सचिव पोखरेल भन्छन्–‘३० वर्षे सेवा अवधि सहित समग्रमा प्रहरी ऐन संशोधन गर्नेबारे छलफल गरिरहेका छौँ ।’

देउवा नेतृत्वको सरकारले ३० वर्षे सेवा अवधि हटाएर उमेर हद मात्रै लागु गर्ने गरी ऐन संशोधन गर्न खोजेको थियो । त्यसमा आईजीपीको कार्यकाल ३ वर्ष राख्न प्रस्ताव गरिएको थियो ।
यसअघि ३० वर्षे सेवा अवधि पुरा गरेपछि अवकाशमा जाने बाध्यतालाई हटाउन प्रहरी नियमावली–२०७१ को नियम १२७ लाई ऐनमा समावेश गर्न प्रस्ताव गरिएको थियो । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई फाइदा हुने गरी गरेको सो प्रस्तावमा अर्थ मन्त्रालयले शर्त राखेर सहमति दिएको थियो । अध्यादेशमार्फत ऐन संशोधन गर्दा एक वर्षपछि मात्र लागु गर्ने गरी सहमति दिइएको अर्थ मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।

सो प्रस्ताव अब विधेयकको रूपमा अघि बढ्ने बताउँछन् गृह प्रवक्ता पोखरेलले भने–‘विधेयकको रूपमा संसद्मा पेश हुन्छ ।’

प्रहरी महानिरीक्षक (आईजीपी) अहिले ३ वटा अवस्था पुरा गरेपछि अवकाशमा जाने कानुनी व्यवस्था छ, ३० वर्ष सेवा अवधि, ५८ वर्षको उमेर हद र आईजीपी भएपछिको चार वर्ष कार्यकाल पुरा गरेर ।
तर, देउवा नेतृत्वको सरकारले ३० वर्षे सेवा अवधि हटाएर उमेर हद मात्रै लागु गर्ने गरी ऐन संशोधन गर्न खोजेको थियो । त्यसमा आईजीपीको कार्यकाल ३ वर्ष राख्न प्रस्ताव गरिएको थियो ।

विधेयकको रूपमा पेश हुँदा संसदीय समितिहरूमा छलफल भएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । ‘घुमिफिरी रुम्जाजार’ भनेजस्तै २०७९ मङ्सिरमा गरिएको ३० वर्षे हटाउने प्रस्ताव फेरी पुरानै अवस्थामा फर्किएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!