०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

सरकार परिवर्तन संगै प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव फेरी पुरानै अवस्थामा

Logo
प्रकाशित सोमबार, माघ १६, २०७९

सरकार परिवर्तन संगै प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव फेरी पुरानै अवस्थामा
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन २०७९ मङ्सिरमा गृह मन्त्रालयले प्रस्ताव गरेको थियो । सो प्रस्ताव अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा फन्को मारेर पुन: गृह मन्त्रालयमा फिर्ता भएको छ ।अर्थ मन्त्रालयले मङ्सिर अन्तिम सातामा सहमति दिएर फिर्ता गरेको प्रस्ताव अब गृह मन्त्रालयले थप परिमार्जन सहित अघि बढाउने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएर प्रहरीमा ३० वर्ष सेवा गरेपछि अवकाशमा जानुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाउन लागेको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेसँगै अध्यादेशमार्फत ३० वर्षे हटाउने प्रयासमा ब्रेक लागेको छ ।

३० वर्षे सेवा अवधि मात्र नभई प्रहरी ऐन–२०१२ लाई कसरी संशोधन गर्ने भन्नेबारे छलफल भइरहेको गृह मन्त्रालयका प्रवक्ता (सह सचिव) फणिन्द्रमणि पोखरेलले बताए । सह–सचिव पोखरेल भन्छन्–‘३० वर्षे सेवा अवधि सहित समग्रमा प्रहरी ऐन संशोधन गर्नेबारे छलफल गरिरहेका छौँ ।’

देउवा नेतृत्वको सरकारले ३० वर्षे सेवा अवधि हटाएर उमेर हद मात्रै लागु गर्ने गरी ऐन संशोधन गर्न खोजेको थियो । त्यसमा आईजीपीको कार्यकाल ३ वर्ष राख्न प्रस्ताव गरिएको थियो ।
यसअघि ३० वर्षे सेवा अवधि पुरा गरेपछि अवकाशमा जाने बाध्यतालाई हटाउन प्रहरी नियमावली–२०७१ को नियम १२७ लाई ऐनमा समावेश गर्न प्रस्ताव गरिएको थियो । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई फाइदा हुने गरी गरेको सो प्रस्तावमा अर्थ मन्त्रालयले शर्त राखेर सहमति दिएको थियो । अध्यादेशमार्फत ऐन संशोधन गर्दा एक वर्षपछि मात्र लागु गर्ने गरी सहमति दिइएको अर्थ मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।

सो प्रस्ताव अब विधेयकको रूपमा अघि बढ्ने बताउँछन् गृह प्रवक्ता पोखरेलले भने–‘विधेयकको रूपमा संसद्मा पेश हुन्छ ।’

प्रहरी महानिरीक्षक (आईजीपी) अहिले ३ वटा अवस्था पुरा गरेपछि अवकाशमा जाने कानुनी व्यवस्था छ, ३० वर्ष सेवा अवधि, ५८ वर्षको उमेर हद र आईजीपी भएपछिको चार वर्ष कार्यकाल पुरा गरेर ।
तर, देउवा नेतृत्वको सरकारले ३० वर्षे सेवा अवधि हटाएर उमेर हद मात्रै लागु गर्ने गरी ऐन संशोधन गर्न खोजेको थियो । त्यसमा आईजीपीको कार्यकाल ३ वर्ष राख्न प्रस्ताव गरिएको थियो ।

विधेयकको रूपमा पेश हुँदा संसदीय समितिहरूमा छलफल भएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । ‘घुमिफिरी रुम्जाजार’ भनेजस्तै २०७९ मङ्सिरमा गरिएको ३० वर्षे हटाउने प्रस्ताव फेरी पुरानै अवस्थामा फर्किएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!