१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

धनुषाको जीर्ण पुरानो भवनबाट थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार

Logo
प्रकाशित सोमबार, माघ १६, २०७९

ABC (क्राईमबिट) धनुषा । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरको इलाका प्रहरी कार्यालयको थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार भएका छन् । आइतबार राति करिब २ बजेदेखि ४ बजे समयको बीचमा अभियुक्तहरू थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएका हुन्। जीर्ण तथा पुरानो भवनमा रहेको थुनुवा कक्षको पर्खाल भत्काएर लागु औषधमा पक्राउ परेका १ जना, हातहतियारमा पक्राउ परेका २ जना तथा अभद्र व्यवहारमा पक्राउ परेका ३ जना फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाको डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार लागु औषधमा पक्राउ परका क्षिरेश्वरनाथ नगरपालिका ५ का विनोद कुमार शर्मा, हातहतियारमा पक्राउ परेका मिथिला नगरपालिका ६ का रोशन साह र शंकर साह तथा अभद्र व्यवहारमा पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डल, रोशन मण्डल र मिथिला नगरपालिका २ का हरिदेव सिंह फरार भएका छन् ।

अभियुक्तहरू फरार भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर बेचन यादव उपर आवश्यक अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए । उनले भवनको पर्खाल कमजोर भएकै कारण भत्काएर उनीहरू फरार भएको हुनसक्ने बताए । उनीहरूको खोजबिन तीव्र गतिमा भइरहेको उनले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हराएको महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्रालयले गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै भेटिएको हो । गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडि भेटिए पनि तर, के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी आफुलाई नभएको श्रम मन्त्रालयका […]

  दाङ । विजौरी बजारमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै पसल अगाडी आफै सरसफाई गर्नुहोला भन्दै माइकिङ समेत गरिएको थियो। भने उक्त सरसफाईमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर-१९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गर्नु भएको थियो । यो समयमा  अत्याधिक रुपमा डेंगु रोग लाग्ने भएकाले आ-आफ्नो पसलको वरिपरि तथा घरअगाडी […]

  सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ । यद्यपि उनी अहिलेसम्म पक्राउ भने परेका छैनन् । पक्राउ पुर्जीबारे मधेश प्रदेशका डीआईजी उमा चतुर्वेदीले भने केही बताउन चाहेनन् । ‘यो अनुसन्धानकै चरणमा रहेकाले अहिले केही बोल्न मिल्दैन,’ उनले भने । यादव […]

error: Content is protected !!