१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

नेपाल प्रहरीको डिएसपीहरुको सरुवा ऐन मल्लको सुरक्षा गण सुनवलमा सरुवा

Logo
प्रकाशित बिहिबार, माघ १९, २०७९

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक सय ५० जना नायब उपरीक्षक डिएसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न कार्यालयका कमाण्डर फेरिएका छन् ।

सरुवा अनुसार इप्रका इटहरीमा पवन भट्टराई, जुम्लामा प्रल्हाद कार्की, जनसेवा वृत्तमा भेषराज रिजाल, इप्रका लहानमा भोला भट्ट, इप्रका दमकमा मनोज लामा, ठिमी वृत्तमा रविनद श्रेष्ठ, तेह्रथुममा राजन चापागाई, ताप्लेजुङमा राजन लिम्बु, कीर्तिपुर वृत्तमा राजु लामा, डोल्पामा शिव कुमार बढुथोकी, जाजरकोटमा सन्तोष रोका, इप्रका कोलहपुरमा सुन्दर तिवारी, रसुवामा सुवास बुढाथोकीको सरुवा भएको छ ।

डिएसपी अञ्जना श्रेष्ठको पूर्वी रुकुम, उमेश जोशीको सातदोबाटो वृत्त, किशोर लम्साल दैलेख, दीपक खड्का दोलखा, कृष्ण कुमार चन्द सातदोबाटो वृत्त, गोविन्द पन्थी मनाङ, दिपक केसी ओखलढुंगा, दिपक गिरी मुगु, दिपक श्रेष्ठ सोलुखुम्बु, नरहरी अधिकारी कालिमाटी वृत्त, नमराज भट्टराई पश्चिम रुकुम, नवराज मल्लको इप्रका धरानमा सरुवा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!