१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

दाङमा पहिलो पटक सुतेर यात्रा गर्ने सुविधा सम्पन्न बसहरू संचालनमा

Logo
प्रकाशित मंगलबार, माघ २४, २०७९

 (तेज वली) दाङ । यात्रुहरूको आरामदायी यात्राका लागि त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले दाङमा पहिलो पटक सुतेर यात्रा गर्न सकिने एयर सस्पेन्सन सिल्पर एसी बस सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । प्रविधिको विकास र यात्रुको सुविधालाई मध्यनजर गर्दै ल्याइएको ३६ सिटे बसमा ४ वटा सिटमा सुत्न मिल्ने छ ।
बसेर यात्रा गर्नका लागि १८ सय र सुतेर यात्रा गर्नका लागि २ हजार रुपैयाँ भाडा लाग्ने छ । बसमा चढ्ने वित्तिकै यात्रुले एक बोतल पानी र कुकिज पनि प्राप्त गर्ने छ । प्रत्येक दिन एउटा मात्र बस तुलसीपुरबाट काठमाण्डौका लागि छुट्ने छ । दाङको तुलसीपुरबाट बेलुकी साढे पाँच बजे र काठमाण्डौबाट पौने ६ बजे एयर सस्पेन्सन सिल्पर एसी बस छुट्ने छ । प्रालिले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर यस अघि ब्लुस्काई, सेभेन स्टार सञ्चालनमा ल्याइसकेको र अहिले पहिलो चरणमा सस्पेन्सन ४ वटा बस ल्याइएको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अथिति नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सुविधा सम्पन्न आरामदायी बस सञ्चालनमा ल्याउनु गौरवको कुरा भएको बताउँदै यात्रुमैत्री व्यवहारका लागि ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण प्रालिका सल्लाहकार शरद रेग्मीले गर्नु भएको थियो । प्रशासनिक सचिव प्रकाश भट्टले विषयवस्तु माथि प्रकाश पारेको पत्रकार सम्मेलनमा स्वागत पूर्व सचिव नारायण प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

error: Content is protected !!