०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

बलात्कार आरोपमा शिक्षक पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

ABC (क्राईमबिट)                                               काठमाडौं । रुपन्देहीको देवदहमा किसोरीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा देवदह नगरपालिका–७ सितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । किशोरीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको किशोरीले उजुरीमा बताएकी छन् ।

शिक्षक गुरुङले माघ २० गते देवदहको ढेकारस्थित होटलमा लगेर किशोरीलाई बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले जानकारी दिए । उनका अनसार किशोरीको उजुरीपछि शिक्षक फरार थिए । उनलाई बुधबार दिउँसो पक्राउ गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!