१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी हिंसाको न्यूनीकरण अन्तरक्रिया

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

ABC (क्राईमबिट) अर्घाखाँची । जिल्ला प्रहरी कार्यालयको आयोजनामा राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष माननिय कृष्ण कुमारी पौडेल खतिवडाको प्रमुख अतिथ्यता,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको अध्यक्षता एवं यस जिल्लामा सक्रिय महिला बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरु, पत्रकारहरु लगायतको उपस्थितीमा महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी हुने अपराध एवं हिंसाको अवस्था न्यूनीकरणका पहलहरु एवं सो सम्बन्धमा राष्ट्रिय महिला आयोगको भूमिका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रमको सहजीकरण यस कार्यालयका प्र.नि.अर्जुन पौडेलले गर्नु भएको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!