१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

बसमा समानहरु तस्करी गरेको आरोपमा झापाबाट बस सशस्त्र प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९


ABC (क्राईमबिट)
झापा । फल्स बटम बनाएर सामान तस्करी गरेको आरोपमा सशस्त्र प्रहरी बलले झापाबाट यात्रुवाहक बसलाई नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका–१० निन्दापुलस्थित पूर्व पश्चिम लोक मार्गमा काँकडभिट्टाबाट विराटनगर जाँदै गरेको मे १ ख २७३९ नम्बरको बसलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए । फल्स बटन बनाई भन्सार छलेर ल्याएको जुत्ता, चप्पल, खाद्यान्न सामग्री, विविध पेय पदार्थ र तामाका भाँडा सशस्त्रले बरामद गरेको छ । करिब २ लाख ५० हजार मूल्य बराबरको सामान बरामद गरेर कानुनी कारबाही गर्न मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको एसएसपी थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नम्बर–२ हेडक्वार्टर भद्रपुरबाट खटिएको टोलीले सो बस नियन्त्रणमा लिएको हो । सार्वजनिक बसको अगाडी र पछाडि चक्काको बीचमा फल्स बटम बनाएर तस्करी गरेको भेटिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!