१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

डिजिटल ठगी अपराधको रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया छलफल

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९

ABC (क्राईमबिट) काठमाडौं । समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी परिसर, काठमाण्डौको आयोजना तथा नेपाल राष्ट्र बैंकको समन्वयमा जिल्ला प्रहरी परिसर, काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा, नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त भुक्तानी सेवा प्रदायक र मनि ट्रान्सफर संस्थाहरुसँग हाल बढ्दै गइरहेको डिजिटल ठगी अपराधको रोकथाम तथा नियन्त्रण सम्बन्धी यस जिल्ला प्रहरी परिसर काठमाण्डौ, साइवर शाखाका प्रहरी निरिक्षक सन्तोष के.सीद्वारा डिजिटल ठगी अपराधको रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको र साथै राष्ट्र बैंकका उपनिर्देशक केशवप्रसाद तिमिल्सिना र सहायक निर्देशक विनोद बजगाईज्यूले प्रस्तुतीकरण गर्नु भएको ।

उक्त कार्यक्रममा Esewa, Khalti लगायतका नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त भुक्तानी सेवा प्रदायक २५ वटा संस्थाहरु, मनि ट्रान्सफर, राष्ट्र बैंकका प्रतिनिधि, नेपाल प्रहरीसमेत गरी ४० जनाको उपस्थितिमा १६:३० बजे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!