०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

प्रहरी प्रतिष्‍ठानको ६७ औं बार्षिकोत्सवको अवसरमा आईजिपी धिरजप्रताप सिंहद्वारा पुरस्कार प्रदान

Logo
प्रकाशित आइतबार, माघ २९, २०७९


(सागर थापा)
काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक आईजिपी धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा माघ २९ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगंजको ६७ औं बार्षिकोत्सव कार्यक्रम एक समारोह बिच सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिले ६७ औं बार्षिकोत्सवको अवसरमा प्रतिष्‍ठानको बार्षिक पत्रिका “प्रेरणा” को लोकार्पण गर्नुको साथै ४० औं आई.जि.पि रनिङ सिल्ड फुटवल प्रतियोगिता २०७९ का विजेता र उप-विजेता खेलाडिहरुलाई मेडल तथा प्रमाण पत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । यस बर्षको आई.जि.पि रनिङ सिल्डको विजेता टिम १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले नगद रू. १०२,०००/- सहित ट्रफी जित्न सफल रह्यो भने रा.प्र.प्र.प्र. महाराजगंजको टिम रू. ५१,०००/- र ट्रफी सहित उप-विजेता बन्न सफल रह्यो । यस बर्ष प्रतिष्‍ठानमा बाह्‍य प्रशिक्षकको रूपमा खटिई राष्ट्र र नागरिकको सेवामा पुर्‍याउनु भएको प्रशंसनीय योगदानको कदर स्वरुप अवकाश प्राप्‍त पूर्व प्रहरी नायव निरीक्षक तेज बहादुर थापालाई Life Time Achievement Award प्रदान गरियो । कार्यक्रमका प्रमुख अथितिले प्रतिष्‍ठान परिवारलाई शुभकामना व्यक्त गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानले आधुनिक प्रशिक्षण प्रणालीलाई आत्मसाथ गर्दै उत्तर आधुनिक युगलाई सम्बोधन गर्ने प्रशिक्षण प्रणाली निर्माण गरी त्यसलाई आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामाग्रीहरु समेत निर्माण गर्न निर्देशन दिनुभएको थियो ।
प्रतिष्‍ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले स्वागत मन्तव्य तथा प्रतिष्‍ठान सम्वन्धि संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नुभयो भने प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथिहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा. राजिव बिक्रम राणा, सडक विभाग कार्यालय काठमाण्डौका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरु,सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरू, काठमाण्डौ महानगरपालिका वडा नं. ३ का वडा अध्यक्षज कोरियन तेक्वान्दो प्रशिक्षक, खेलाडि र प्रतिष्ठानमा प्रशिक्षणरत सम्पूर्ण प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!