१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

दाङमा सडक अलपत्र पारेको विरोधमा सडक डिभिजनमा नागरिकहरुको ताला

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०९, २०७९

(ABC-Sanchar)                                                    दाङ । घोराहीको तुलसीपुर चोकदेखि कटुवाखोलासम्मको सडक अलपत्र पारेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालय दाङमा विरोध प्रर्दशन गरेका छन् । सामाजिक अभियान्ता तथा दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल र चित्रकान्त आचार्यको नेतृत्वमा भएको विरोध प्रर्दशन टोलीले सडक डिभिजन कार्यालयको गेटमा एक घण्टा ताला लगाएको थियो ।

उक्त सडक २०७७ सालदेखि अलपत्र अवस्थामा रहेता पनि सडक हालसम्म पनि निर्माण भएको छैन् । ‘नयाँ सम्झौता पनि छैन्, धरौती जफत गरेर काम पनि सम्पन्न गर्दैनन्, ठेक्का पनि तोड्दैनन्, कालो सूचीमा पनि हाल्दैन् डिभिजन कार्यालयले । कि म्याद थप गर्नु पर्यो कि कालो सूचीमा राख्न पर्यो, कि ठेक्का तोड्नु पर्यो कि धरौती रकम लगेर काम गर्नु पर्यो भन्ने मुख्य माग हाम्रो यो छ । जनताले दुख पाउनु भएन’ – उनले भने ।

सडक डिभिजन कार्यालय दाङले जुन जुन ठाउँमा ठेक्का दिएर सडक अलपत्र परेका छन् । त्यस स्थानमा अविलम्ब निर्माण कार्य सुचारु हुनु पर्ने माग रहेको भुसालले बताए । साथै सडक डिभिजनले फोरलेन सडकको कार्यालय अन्तै हो भनेर पन्छिन नपाउने उनको जिकिर छ । दाङका जति भत्किएका सडक र निर्माण अलपत्र पारिएका सडक छन् त्यो सबैको कार्य क्षेत्र हेर्ने सडक डिभिजन कार्यालय भएकोले यसबाट पन्छिन नहुने उनले बताए ।

सडक अलपत्र अवस्थामा हुँदा उड्ने धुलोले स्थानीय र यात्रुलाई दम, क्यान्सर लगायतका प्राणघातक रोगहरु लाग्न सक्ने बताउदै तत्काल निर्माण कार्य सुचारु गर्न दवाब स्वरुप कार्यालयको गेटमा एक घण्टा ताला लगाएको बताए । उक्त सडक निर्माणका लागि मंलगबार नै निर्माण सामाग्री झार्ने सहमतिमा ताला खोलिएको पनि उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!