२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

डिआईजी अशोक सिंहको जागिर धरापमा

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०९, २०७९

ABC (क्राईमबिट)                                                        उमेर विवादमा मुछिएका  डिआईजी   अशोक सिंहको जागिर धरापमा परेको छ । नागरिकता र सिटरोलमा भरेको जन्ममितिमा उमेर डेढ वर्ष फरक पाइएपछि उनीमाथि छानबिन भइरहेको छ । प्रहरी प्रधान कार्यालयले र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धनमा छानबिन थालेपछि सिंह राजीनामा दिने मुडमा पुगेका छन् ।

छानबिन हुँदा बर्खास्त हुने र सेवा सुविधा समेत गुम्ने अवस्था देखिएपछि राजीनामा दिन लागिएको स्रोत बताउँछ । सिंहको नागरिकताअनुसार जन्ममिति २०२४ को २२ जेठ देखिन्छ भने उनले प्रहरी प्रधान कार्यालयको सिटरोलमा १६ पुस २०२५ भरेका छन् । नागरिकताको उमेरअनुसार उनले २६ वर्षमा जागिर खाएको देखिएपछि छानबिन सुरु भएको हो । ‘गम्भीर विवाद देखिएपछि प्रहरी महानिरीक्षकज्यूले नै प्रहरी किताबखानासँग समन्वय गरी छानबिन गर्न भन्नुभएको छ,’ प्रहरीको कर्मचारी प्रशासन शाखाका एक अधिकारीले भने,‘यो विषयमा आन्तरिक रुपमा बुझ्ने काम भइरहेको छ ।’ नागरिकताको उमेरअनुसार उनले एसएसपीबाटै अवकाश पाउने देखिएको स्रोत बताउँछ । सिंह हाल सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् ।

सिंह आइजिपी हुन पहिलो नम्बरमा एआइजी हुने लबिइङमा थिए । यहीबीचमा उनको गम्भीर विवाद आएपछि एआइजी बढुवा समेत रोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । यही साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए । यसबारे प्रहरीलाई जानकारी नै नदिएर दाहसंस्कार गरिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । यसै […]

काठमाडौं । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। सोमबार देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी […]

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले भैरहवा कारागारको दयनीय अवस्था र अमानवीय व्यवहारको विरोध गर्दै कारागार स्थानान्तरण र जमानतमा छुट्न माग गरेका छन्। उनले आफूविरुद्ध प्रमाण नभएको दाबी गर्दै २ करोड ७४ लाख रुपैयाँको बैंक ग्यारेन्टी राखेर मुद्दाबाट मुक्त हुन अदालतसँग निवेदन दिएका छन्। २६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति […]

error: Content is protected !!