११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिले चिट्ठामा दियो दुई युवालाई नयाँ बस

Logo
प्रकाशित बुधबार, फाल्गुण १०, २०७९


(ABC-Sanchar)
दाङ । कोही अबिर दलिरहेका थिए, कोहीले खादा ओढाइरहेका थिए। कोही ताली पिटिरहेका थिए त कोही खुसीले हुटिङ गरिरहेका थिए। यो दृष्य मंगलबार दिउँसो २ बजेपछिको दाङ तुलसीपुरस्थित बिएस पार्टी प्यालेसको हो।
झन्डै ६ सय हाराहारीमा मानिसहरू दुई युवालाई अबिर, खादाले सम्मान गर्दै उनीहरूलाई बधाई दिइरहेका थिए। दुई युवाको अनुहारमा खुसी प्रष्ट झल्किएको थियो।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ का विशाल चन्द र दाङको बबई गाउँपालिका वडा नं. ७ मलैका विष्णु पुनलाई बधाई थाप्न भ्याइनभ्याई थियो। तारन्तार उनीहरूका फोनका घन्टी बजिरहेका थिए। उनीहरू दुबै जनाका बस राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिमा आवद्ध रही फरक– फरक ठाउँमा सञ्चालन हुँदै आएका छन्। विशाल नेपाल प्रहरीका सहायक हवल्दार पनि हुन्। उनी हाल तुलसीपुरस्थित बसपार्क काउन्टरमा कार्यरत छन्। उनी २०७२ सालमा यातायात क्षेत्रमा संलग्न भएका हुन्।
ना ४ ख ७७२५ नम्बरको उनको बस दाङ–सल्यान हुँदै रूकुमसम्म सञ्चालन हुँदै आएको छ।
पुनले एक वर्ष पहिलेमात्रै बस किनेका रहेछन्। उनको ना ३ ख ४४०० नम्बरको बस उनकै घरगाउँको बाटो तुलसीपुर–पश्चिम मलैसम्म सञ्चालन हुँदै आएको छ।
कसरी जिते बस?

राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिले दुर्घटना न्यूनीकरण र राम्रो काम गर्ने चालकलगायत मजदुरका लागि हरेक वर्ष विभिन्न पुरस्कार तथा प्रोत्साहनका कार्यक्रम गर्दै आएको छ। सोही कार्यक्रम अनुसार गाडी धनीहरूका लागि बम्पर चिठ्ठा आयोजना गरेको थियो। यसअघि २०७६ सालमा पनि दुर्घटना न्यूनीकरण गर्ने कोषमार्फत् ६ सय गाडी धनी बराबर एक चालक सम्मान कार्यक्रम आयोजना गर्दा ६ जना चालकलाई गोला प्रथाद्वारा जनही ५१ हजार रुपैयाँ पुस्कार दिएको थियो।
सोही कोषबाट यो पटक विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट आजित व्यवसायीलाई राहत दिनुपर्छ भन्ने सल्लाह प्रालिका पदाधिकारीले निर्णय गरे। सल्लाहपछि एउटा नयाँ बस किन्ने र त्यसलाई चिठ्ठामार्फत् भाग्यमानी व्यवसायी छनोट गर्ने निर्णय भएको प्रालिका अध्यक्ष सुरेश हमालले बताए।
सिप्रदीले सहुलियतमा प्रदान गरेको बस ल्याएर प्रालिले आफ्ना करिब ६ सय गाडी धनीबाट भाग्यशाली चिठ्ठा खोलेको हो।
‘हामीले त एउटैलाई बस चिठ्ठा पर्ला भनेर ठानेका थियौं,’ अध्यक्ष हमालले भने, ‘त्यसमा दुई जना भाग्यमानी साबित हुनुभयो। अब उहाँहरूले आपसी सल्लाहमा के गर्नुहुन्छ त्यो उहाँहरूको अधिकारको कुरा हो।’
त्रिशिद्धेश्वरी प्रालिले फागुन १२ गते आफ्नो दोस्रो साधारण सभाका अवसरमा उनीहरूलाई बस हस्तान्तरण गर्ने प्रालिका अध्यक्ष हमालले घोषणा गरे।
चिठ्ठामा बस जितेपछि खुसीले छाती चौडा भएको पुनले प्रतिक्रिया दिए।
पुनले भने, ‘मेरो छाती खुसीले उफ्रिरहेको छ, शरीर काँपिरहेको छ। मेरो बोली नै फुटिरहेको छैन।’
चन्दले चिठ्ठा परेको बसका बारेमा दुई जनाले आपसी सल्लाह गरी अगाडि बढ्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

बाँके । नेपालकै सबैभन्दा गर्मी हुने जिल्लामध्येको बाँकेको *इलाका प्रहरी कार्यालय कोहलपुर*ले थुनुवा कक्षमै एसी जडान गरेर उदाहरणीय कदम चालेको छ। यो नेपालमै पहिलो पटक भएको मानिन्छ। *के भयो:* – *डीएसपी चक्र डमरपाल*को नेतृत्व र *कोहलपुर नगरपालिका*को सहयोगमा थुनुवा कक्षमा २ वटा एसी जडान गरिएको छ। – चर्को गर्मीमा रहेका कैदीबन्दीको स्वास्थ्य सुरक्षा र सहजताका […]

बाँके । नेपाल पत्रकार महासंघ बाँके*को १५औं साधारण सभा उद्घाटन गरिएको छ। उद्घाटन *पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन*ले गरेका हुन्। साधारण सभामा बाँके जिल्लाका पत्रकारहरूको पेसागत हकहित, प्रेस स्वतन्त्रता, मिडियामा देखिएका चुनौती र सङ्गठनको आगामी कार्ययोजनाबारे छलफल हुन्छ। यस्ता साधारण सभाले स्थानीय पत्रकारको समस्या केन्द्रमा पुर्‍याउन र संगठनलाई सक्रिय बनाउन भूमिका खेल्छ। बाँके पत्रकार […]

error: Content is protected !!