३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिले चिट्ठामा दियो दुई युवालाई नयाँ बस

Logo
प्रकाशित बुधबार, फाल्गुण १०, २०७९


(ABC-Sanchar)
दाङ । कोही अबिर दलिरहेका थिए, कोहीले खादा ओढाइरहेका थिए। कोही ताली पिटिरहेका थिए त कोही खुसीले हुटिङ गरिरहेका थिए। यो दृष्य मंगलबार दिउँसो २ बजेपछिको दाङ तुलसीपुरस्थित बिएस पार्टी प्यालेसको हो।
झन्डै ६ सय हाराहारीमा मानिसहरू दुई युवालाई अबिर, खादाले सम्मान गर्दै उनीहरूलाई बधाई दिइरहेका थिए। दुई युवाको अनुहारमा खुसी प्रष्ट झल्किएको थियो।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ का विशाल चन्द र दाङको बबई गाउँपालिका वडा नं. ७ मलैका विष्णु पुनलाई बधाई थाप्न भ्याइनभ्याई थियो। तारन्तार उनीहरूका फोनका घन्टी बजिरहेका थिए। उनीहरू दुबै जनाका बस राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिमा आवद्ध रही फरक– फरक ठाउँमा सञ्चालन हुँदै आएका छन्। विशाल नेपाल प्रहरीका सहायक हवल्दार पनि हुन्। उनी हाल तुलसीपुरस्थित बसपार्क काउन्टरमा कार्यरत छन्। उनी २०७२ सालमा यातायात क्षेत्रमा संलग्न भएका हुन्।
ना ४ ख ७७२५ नम्बरको उनको बस दाङ–सल्यान हुँदै रूकुमसम्म सञ्चालन हुँदै आएको छ।
पुनले एक वर्ष पहिलेमात्रै बस किनेका रहेछन्। उनको ना ३ ख ४४०० नम्बरको बस उनकै घरगाउँको बाटो तुलसीपुर–पश्चिम मलैसम्म सञ्चालन हुँदै आएको छ।
कसरी जिते बस?

राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिले दुर्घटना न्यूनीकरण र राम्रो काम गर्ने चालकलगायत मजदुरका लागि हरेक वर्ष विभिन्न पुरस्कार तथा प्रोत्साहनका कार्यक्रम गर्दै आएको छ। सोही कार्यक्रम अनुसार गाडी धनीहरूका लागि बम्पर चिठ्ठा आयोजना गरेको थियो। यसअघि २०७६ सालमा पनि दुर्घटना न्यूनीकरण गर्ने कोषमार्फत् ६ सय गाडी धनी बराबर एक चालक सम्मान कार्यक्रम आयोजना गर्दा ६ जना चालकलाई गोला प्रथाद्वारा जनही ५१ हजार रुपैयाँ पुस्कार दिएको थियो।
सोही कोषबाट यो पटक विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट आजित व्यवसायीलाई राहत दिनुपर्छ भन्ने सल्लाह प्रालिका पदाधिकारीले निर्णय गरे। सल्लाहपछि एउटा नयाँ बस किन्ने र त्यसलाई चिठ्ठामार्फत् भाग्यमानी व्यवसायी छनोट गर्ने निर्णय भएको प्रालिका अध्यक्ष सुरेश हमालले बताए।
सिप्रदीले सहुलियतमा प्रदान गरेको बस ल्याएर प्रालिले आफ्ना करिब ६ सय गाडी धनीबाट भाग्यशाली चिठ्ठा खोलेको हो।
‘हामीले त एउटैलाई बस चिठ्ठा पर्ला भनेर ठानेका थियौं,’ अध्यक्ष हमालले भने, ‘त्यसमा दुई जना भाग्यमानी साबित हुनुभयो। अब उहाँहरूले आपसी सल्लाहमा के गर्नुहुन्छ त्यो उहाँहरूको अधिकारको कुरा हो।’
त्रिशिद्धेश्वरी प्रालिले फागुन १२ गते आफ्नो दोस्रो साधारण सभाका अवसरमा उनीहरूलाई बस हस्तान्तरण गर्ने प्रालिका अध्यक्ष हमालले घोषणा गरे।
चिठ्ठामा बस जितेपछि खुसीले छाती चौडा भएको पुनले प्रतिक्रिया दिए।
पुनले भने, ‘मेरो छाती खुसीले उफ्रिरहेको छ, शरीर काँपिरहेको छ। मेरो बोली नै फुटिरहेको छैन।’
चन्दले चिठ्ठा परेको बसका बारेमा दुई जनाले आपसी सल्लाह गरी अगाडि बढ्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने तयारी काठमाडौं । बुधबार साउन २८ गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्र बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार (साउन […]

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न […]

मेष – गृहकार्य तथा पारिवारिक दायित्व पूरा गर्न संयमता आवश्यक छ। असावधानीले क्षति गराउन सक्छ । वृष – स्वास्थ्य अनुकूल रहनेछ। अप्रत्याशित लाभका सम्भावना छन्, जसले आर्थिक पक्ष सुदृढ पार्नेछ। मिथुन – साहित्य, कला वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पुराना मित्रसँग स्नेहिल भेटघाट हुनसक्छ। कर्कट – मन प्रशन्न रहनेछ, जीवनका सुखद क्षणहरूको अनुभव गर्न पाउनुहुनेछ। […]

error: Content is protected !!