२४ साउन २०८२, शनिबार
09-08-2025 , Sat
×

बाँकेको डुडुवामा काठ तस्करी गर्ने २ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, फाल्गुण १०, २०७९

ABC (क्राईमबिट)                                                      बाँके । डुडुवा गाँउपालिका २ झोर सामुदायिक वनबाट सोमबार सालको काठ काट्दै गरेका दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाबञ्जरले करीब ४ लाख ५ हजार रुपैयाँ बराबरकोे १० वटा सालको गोलिया काठसहित सोही गाँउपालिका ३ हलबलडोली बस्ने ४५ बर्षिय वकिल खाँ र ४० बर्षिय जालीम खाँलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद काठसहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो । निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी […]

चीन ।“गान्सु क्षेत्रमा अगष्ट ७ देखि लगातार भारी वर्षा भइरहेको छ। अचानक बाढी आएको छ । अगष्ट ८ का दिन अपराह्न ३ः३० बजेसम्ममा बर्षापछि आएको बाढी र डुबानका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भइरहेका छन्,” सरकारी प्रसारक सीसीटीभीले अधिकारीलाई उद्धृत गरी जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको उद्धारका […]

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले सडकमा जाँच नगर्न भन्दै प्रहरीलाई थर्काउने क्रम रोकेका छैनन्। ड्युटीमा रहेका प्रहरी कर्मचारीको हुर्मत लिन्छन् प्रदेश सांसद पाण्डेय पाण्डेय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रूपन्देही क्षेत्र नम्बर ३ को ‘क’ बाट निर्वाचित हुन्। उनी मन्त्री हुनु अघिदेखि नै जाँचका नाममा प्रहरीले भारतीय पर्यटकहरू दुःख दिएको भन्दै […]

error: Content is protected !!